एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएपछि अहिले 
बसपार्क हजारौको संख्यामा सर्वसाधरण झुम्एिका छन् । स्तब्ध बनेका छन् ।
शुक्रबार राती एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए ।
भित्रबाट सटर बन्द गरी ताल्चा लगाइएको सटर मुन्तिर प्रहरीले सिसा फुटेको देखेपछि सटर फुटाई हेर्दा सटर भित्र मृत अवस्थामा एकै परिवारका चार सदस्य मृत भेटिएका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएकोले अत्यन्त्रै दुर्गन्धित छ । तिन वटा शव भूईँमा पल्टिएका अवस्थामा भेटिएको थियो भने एउटा शव (छोरीको) खाना खाने बेन्चमै छ । होटलका सर सामान सामान्य अवस्थामै देखिन्छ तर चार जनाको ज्यान गएको घटनाको चुरो कुरा अहिलेसम्म आउन सकेको छैन ।
शनिवार विहानदेखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोली नै आएर घटनाको अनुसन्धान गरिरहेको छ ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज