पाचौं अभ्यास खेलमा नेपाली यू-१९ टिमको पहिलो हार

U-19-cricket-team-nepal२९ असार, काठमाडौं । अण्डर नाइन्टिन विश्वकप छनौटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पाचौं अभ्यास खेलमा पहिलो पराजय ब्यहोरेको छ ।

 

दिल्लीको ग्रेटर नोयडामा भएको खेलमा नेपाली युवा टोलीले नोयडा-११ टोलीसँग ६८ रनको पराजय ब्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नोयडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३४ रन बनायो । नेपाली बलरहरु फ्लप भएको आजको खेलमा नोयडाका ओपनर तान्मे श्रीवास्तलले अविजित १२० रनको शतकीय पारी खेले । अर्का ओपनर राहुल यादवले पनि ३३ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतो र पवन सर्राफले २/२ विकेट लिए ।

२३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको नेपाली टोली ४२ ओभरमा १६६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५५ रन बनाएपनि अन्यको प्रदर्शन गतिलो रहेन । ओपनर सन्दिप सुनारले ३६, विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले ३१ र आशिफ शेखले १० रन बनाएपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

अभ्यासका लागि भारतमा रहेको नेपाली टोलीले पाँचौं अभ्यास खेलमा पहिलो हार व्यहोरेको हो । यसअघिका तीन खेल जितेको नेपालको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो