१३औं भानु कप फुटबलको उपाधि सिद्धगुफा क्लवलाई

Vanu-Cup-football-2074२९ असार, तनहुँ । आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा उनको गृहनगर तनहुँमा आयोजना भएको १३औं भानुकप फुटबलको उपाधि सिद्धगुफा क्लवले जितेको छ ।

 

प्रस्तावित भानु रंगशालाको मैदानमा बिहीबार भएको फाइननलमा छपेली युवा क्लवलाई पेनाल्टी शुटआउटमा ५-४ गोलले पराजित गर्दै स्थानीय क्लव सिद्धगुफा बिजेता बनेको हो ।

खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

उपाधिसँगै सिद्धगुफा क्लव ले नगद १ लाख १ हजार १०१ पुरस्कार पाएको छ भने उपबिजेतामा चित्त बुझाएको छपेली क्लवले ५५ हजार ५५५ पुरस्कार पाएको छ ।

असार २० गतेबाट सुरु भएको प्रतियोगितामा तनहुँ, धादिङ, चितवन, कास्की, लम्जुङ र गोरखाका २२ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं