दुई चरणमा सम्पन्न निर्वाचनमा एमाले बन्यो पहिलो शक्ति

असार २७ , काठमाडौं– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् । 

असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ भने संसदको दोस्रो ठूलो दल स्थानीय तहमा धेरै तह जितेर पहिलो बनेको छ । त्यस्तै संसदमा तेस्रो ठुलो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो स्थानमै सिमित बनेको छ । 

एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १५१ स्थानीय तह जित्दा जम्मा २७६ स्थान जितेर पहिलो शक्ति बन्न सफल भएको हो । त्यस्तै नेपाली कांग्रेसले पहिलो चरणमा १०५ र दोस्रो चरणमा १२२ स्थान जित्दै जम्मा २२७ स्थानमात्र हात पार्न सफल भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसभन्दा एमालेले ४९ तह बढि जित्न सफल भएको छ । 

त्यस्तै माओवादी केन्द्रले भने कांग्रेस एमालेको तुलनामा धेरै कम अर्थात सय स्थानीय तहमा पनि जित्न सकेन । उसले पहिलो निर्वाचनमा ४६ स्थानीय तहको प्रमुख जित्न सफल भएकोमा दोस्रो स्थानीय तहमा ३८ तहमात्र आफ्नो पारेको छ । दुवै चरणको परिणाम जोड्दा माओवादीको जम्मा ८४ स्थानीय तहमामात्र उसको पक्षमा गएको छ । 

त्यस्तै पहिलो चरणको चुनावमा सहभागि नभएको फोरम लोकतान्त्रिकले दोस्रो चरणमा ६ स्थानीय तह जितेको छ भने नयाँशक्ति र संघीय समाजवादी फोरम एउटै चुनाव चिन्हबाट चुनाव लड्दा ९ स्थानमा जित हाँसिल गर्न सफल भएका छन् ।  त्यस्तै संसदमा चौथो ठुलो दलका रुपमा रहेको राप्रपाले दुवै चरणको निर्वाचनमा ५ स्थानीय तहमा मात्रै जितेको छ । राप्रपा पहिलो चरणमा एक र दोस्रो चरणमा चार स्थानीय तहको प्रमुखको पद हत्याउन सफल भएको हो । 

त्यस्तै स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चा, नेमकिपा र स्वतन्त्र उम्मेदवारले ११ स्थान तित्न सफल भएका छन् । 

पहिलो र दोस्रो गरी मुलुकका ७४४ मध्ये ६१६ स्थानीय तहमा भएको स्थानीय तह निर्वाचनमार्फत प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यसहित २८ हजार ५ सय ९४ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ ।

तर पहिलो चरणमा चितनवनको भरतपुर महानगरपालिकाका दुई वडाका अध्यक्ष सहित १० जनप्रतिनिधि र  मेयर तथा  उपमेयर निर्वाचित हुन बाँकी रहँदा अहिलेसम्म २८ हजार ५ सय ८२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा