मुम्बईमा २६ वर्षीया मोडलले एक इस्टेट एजेन्टमाथि बलात्कार र जबर्जस्ती गर्भपतन गराएको मुद्दा दर्ता गरेकी छिन् । वर्सोवा पुलिस स्टेशनमा दर्ता गराएको ऊजुरीमा मोडलले दिएको जानकारी अनुसार एक एजेन्टले थुप्रै महिनादेखि उनलाई ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहेका थिए । उनले मोडलको जबर्जस्ती गर्भपतन पनि गराइसकेको उनले ऊजुरीमा बताएकी छिन् ।
उत्तर प्रदेशमा बस्ने यी मोडल र २८ वर्षीय एजेन्ट मनिष पिकवडेको पहिलो भेटघाट एक पार्टीको क्रममा भएको थियो । मनिषले आफूलाई रियल इस्टेट एजेन्ट बताएका थिए र मोडललाई फ्ल्याट दिलाउन मद्दत गर्ने बताए ।
यतिमात्र होइन, मनिषले ती मोडललाई आफ्नो घर नजिकै एक घर दिए र त्यहाँ आवतजावत गर्न थाले । यसैबिच एक दिन उनले मोडललाई बलात्कार गरे र त्यसपछि ब्ल्याकमेल गर्न सुरु गरे ।
मोडलले जब पुलिसमा ऊजुरी गरिदिने धम्की दिइन् तब मनिषले उनीसँग विवाह गर्ने बाचा गरेर मुख बन्द गराए ।
विवाहित हुन् मनिषः
मोडलले जब उनीबारे खोजी गर्न थालिन् तब मनिष विवाहित भएको पाइन् । तर दोस्रो पटक उनलाई चुप गराउनका लागि मनिषले श्रीमतीसँग सम्बन्धविच्छेद गरे ।
पीडित मोडलका अनुसार मनिषले लगातार ब्ल्याकमेल गरेर उनलाई बलात्कार गरिरहन्थे र जब उनी गर्भवती भइन् तब दुईपटक उनको गर्भपतन गराए ।
मोडललाई पिटे र घरबाट निकालिदिएः
गत शुक्रबार मनिषले मोडललाई नराम्रोसँग पिटेनन् मात्र उनलाई घरबाट निकालिदिए । त्यसपछि उनी आफ्नी साथीको मद्दतले वर्सोवा पुलिस स्टेशन पुगे र मनिषका विरुद्ध मुद्दा दर्ता गराइन् ।
मोडलको स्वास्थ्य परिक्षणपश्चात् मनिष विरुद्ध बलात्कार, कुटपिट र जबर्जस्ती गर्भपतन गराएको भनी मुद्दा दर्ता भयो । पुलिस अहिले मनिषको खोजीमा जुटिरहेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा