इच्छा तपाईकोः छोरा जन्माउने की छोरी ?

e-9कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको ।

शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ?

कुन महिनामा श्रीमतिले गभर्धरण गरको हो ? अनि यो चार्ट हेर्नुस ठ्याक्कै मिल्ने छ । छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् । सिन्धुपाल्चोकको चौतारा बजारका धेरै जनाले चीनमा आविष्कार गरिएको लिंग निर्धारण क्यालेण्डरकै विधि र प्रकृया अपनाएर इच्छा बमोजिमको सन्तान जन्माई सकेका छन् । आफ्नो इच्छा बमोजिमका सन्तान जन्माउन सफल भएका छन् । चौतारा–४ की राज्यलक्ष्मी श्रेष्ठको परिवारमा लगातार चारवटी छोरीे जन्मेपछि छोराको आस नै मरिसकेको थिए । यो
प्रविधि अपनाएपछि मनले चिताएको पूरा भएको राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् ।

चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् । छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।gender1
सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ । चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ ।

गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ ।
उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि