असार २५, काठमाडौं– स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै राजनीतिक दलहरु आन्तरिक चुनावी समिक्षामा जुटेका छन् । माओवादी केन्द्र र चौथो राजनीतिक दल राप्रपाबाहेका प्रमुख दलहरुले औपचारिक रुपमा चुनावी समिक्षा बैठक भने बोलाइसकेका छैनन् ।
दलहरुमा हारजितको समिक्षा चलिरहेका बेला पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको घोषित निर्वाचन परिणाममा नेकपा एमालेले सवैभन्दा बढि तह जितेर पहिलो स्थान बनाउन सफल भएको छ । माओवादी केन्द्र र कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदाएपछि कांग्रेस र माओवादी केन्द्रलाई भने स्वाभाविक रुपमा टाउको दुखाईको विषय बनेको छ ।
पहिलो चरणको २८३ र दोस्रो चरणको ३३४ स्थानीय तहमध्ये एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १४८ स्थानीय तह जित्दा जीतसंख्या २७३ पर्याउदै एमालेले अग्रता कायम गर्न सफल भएको छ ।
दुवै चरणमा निर्वाचन भएका ६१७ स्थानीय तहमध्ये पहिलो चरणको भरतपुर महानगरपालिका र दोस्रो चरणमा निर्वाचन भएका तीन तहको अन्तिम परिणाम आइनसकेपनि संख्यात्मक रुपमा एमालेले जितेको संख्या भेट्टाउन अरु कुनैपनि दललाई मुस्किल हुने देखिएको छ ।
गणितिय हिसाबमा दुवै चरणको परिणाम जोड्दा दोस्रो स्थान बनाएको नेपाली कांग्रेस एमाले भन्दा ४६ स्थानले कम छ । उसले पहिलो चरणमा १०५ स्थानीय तह र दोस्रोमा १२२ तहमा जित हासिल गर्दा जम्मा २२७ स्थानीय तहमा आफ्नो झण्डा गाड्न सफल भएको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्र र पहिलो स्थान बनाएको एमालेबीचको स्थानीय तह संख्याको फरक १८९ हुन पुगेको छ । अर्थात् माओवादी केन्द्र भन्दा एमाले १८९ तह बढि जित्न सफल भएको छ । यो संख्याले तेस्रो चरणमा हुने स्थानीय तहको सवै संख्या मओवादी केन्द्रले जितेपनि एमालेलाई पछि पार्न नसक्ने पक्का छ । त्यस्तै कांगे्रस र माओवादीबीचको संख्या पनि फराकिलो नै छ । पछिल्लो परिणाम अनुसार मओवादी र कांग्रेसवीच पनि १४३ को फरक छ । मुलुकका ७४४ स्थानीय तहमध्ये बाँकी आठ जिल्लाका १२७ स्थानीय तहको भने आगामी असोज २ गतेमात्रै निर्वाचन हुदैछ । तेस्रो चरणमा हुने निर्वाचनमा एमाले बराबर हुन अहिलेकै अवस्थामा पनि कांग्रेसले ४६ स्थान जित्नुपर्छ ।
तर, कांग्रेसले त्यतिका संख्यामा जित हासिल गर्दा एमालेले पनि थप संख्या बढाउने निश्चित नै छ । मधेसमा खासगरी चारपक्षिय नतिजा आउने अनुमान गरिएको छ । मधेसवादी दल राजपा, कांग्रेस, एमाले र माओवादीबीच तह बाडिँने भएकाले यो घाटा पुर्ति गर्न कांग्रेसका लागि कठीन छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।