ट्रम्पको हातमा पृथ्वीको भविष्य अनिश्चित – स्टेफेन हकिङ्ग

एजेन्सी, २० असार । आफ्नो ७५औँ जन्मदिनको अवसरमा विश्वविख्यात वैज्ञानिक स्टेफेन हकिङ्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले निराश बनाएको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘पुथ्वी अहिले यस्तो अवस्थामा पुगिसकेको छ जहाँ हामीले अहिले नै जलवायु परिवर्तन सम्बन्धी ठोस कदम उठाउन सकेनौँ भने पृथ्वीलाई बचाउन असम्भव हुनेछ ।’

यस्तैमा उता राष्ट्रपति ट्रम्पले भने जलवायु परिवर्तनको समस्यालाई गम्भीरतापूर्वक नलिएकोले हकिङ्गले चिन्ता व्यक्त गरेका हुन् ।

पछिल्लो केहि महिनाअघि मात्रै ट्रम्पले पेरिस जलवायु अभियानबाट अमेरिकालाई बाहिर निकालेपछि धेरैले उनको विरोध गरेका थिए । जलवायु परिवर्तनसम्बन्धी समस्यालाई ट्रम्पले पहिलेदेखि नै अस्वीकार गर्दै आएका छन् ।

डोनाल्ड ट्रम्पको यस्तो लापरवाहीपूर्ण निर्णयले हाम्रो ग्रहको शान्तिपूर्ण वातावरणलाई आगामी पुस्ताका लागि खतरा सिर्जना गराइदिने हकिङ्गले बताए । उनको यस निर्णयले अमेरिकाको मात्र नभई ग्रहकै भविष्यमा असर पर्न सक्ने हकिङ्गको भनाइ छ ।

बढ्दो जनसङ्ख्या र प्रविधिको विकास भएसँगै दिनप्रतिदिन पृथ्वीको तापक्रम बढ्दो क्रममा छ । विज्ञहरुका अनुसार यदि यहि दरमा मौसम परिवर्तन भइरहने हो भने मानिसहरुको अस्तित्वमा यसले ठूलो प्रभाव पार्ने निश्चित छ । ट्रम्पको यस निर्णयको हकिङ्गले मात्र नभईइ पूर्व राष्ट्रपति बाराक ओबामाले समेत कडा निन्दा गरेका छन् ।

तर, यता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भने ट्रम्पको यस निर्णयप्रति कुनै आपत्ति नरहेको बताएका छन् । उनले भने अनुसार अमेरिकाले पेरिस सम्झौतामा सहभागीता नजनाएपनि ती सम्झौताअनुरुप नै आफ्ना लक्ष्य सजिलै पूरा गर्न सक्नेछ । साथै, यसले अन्य देशहरुको प्रतिबद्धतालाई समेत बलियो बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता