
२१ असार , लण्डन – पूर्व क्रिकेटर माईक बे्रयरली र ब्राण्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटमा सम्भावित सकंटको चेतावनी दिएका छन् । उनीहरुको भनाई छ, ‘यो खेल चाडैँ नै त्यो स्तरमा पुग्नेछ जहाँ अन्तराष्ट्रिय क्रिकेटले विश्व भरका टी–२० लिगसँग प्रतिष्पर्धा गर्नु पर्नेछ ।
इंग्ल्याण्डका पूर्व कप्तान बे्रयरलीले एमसीसी क्रिकेट समितिको अध्यक्षको रुपमा आफनो अन्तिम बैठकमा भने, ‘जुन देशहरुसँग आफ्ना प्रमुख खेलाडिहरुलाई भुक्तान गर्नुपर्ने रकमको अभाव हुनेछ, ती देशका खेलाडिहरुले आफ्नो देशहरुलाई भन्दा घरेलु टुर्नामेन्टहरुलाई प्राथमिकता दिने छन् ।
बेयरलीका अनुसार यो अन्तर्राष्ट्रिय क्रिकेटका लागि खतराको संकेत हो, केवल टेष्ट क्रिकेट मात्र हैन, एक दिवसिय र टी–२० का लागि पनि ।
समितिमा सामेल न्युजिल्याण्डका पूर्व कप्तान म्याकम पनि यो कुरासँग सहमत छन् । उनी भन्छन्, ‘इङग्ल्याण्डविरुद्धको टेष्ट श्रृंखलामा दक्षिण अफ्रिका क्रिकेट टिममा एबी डि भिलियर्सको अनुपस्थिति टेष्ट क्रिकेटका लागी एउटा अर्को चेतावनी हो ।’
‘म टी–२० लिगलाई कुनै पनि तरिकाबाट खतरा भएको मान्दिन तर टेस्ट क्रिकेट महत्वपूर्ण छ र यसको अस्तित्वको सुनिश्चता जरुरी छ ।”
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।