ओलीको माओवादीमाथि हमलाः

 

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।  
  उनले रुकुम रोल्पामा  लोकतन्त्र तथा गणतन्त्र  आउनु  परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्।  नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले  शनिबार  राजधानीमा आयोजना गरेको कार्यक्रममा  बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा  गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन ।   रुकुम रोल्पा अझैं पनि आतंकको छाँयामा बाँचेको छ।’
उनले रुकुम र रोल्पामा  आएको मतपरिणामलाई संकेत गर्दै  बहुदल पनि नआएको स्थानमा पनि एमालेले जित्नु चानचुने कुरा नभएको बताए ।   रोल्पाको एक स्थानीय तहमा एमालले जित्दा निर्वाचनमा रुकुमको सबै स्थानीय तहमा  र रोल्पाका अधिकांश स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ । 
ओलीले  एमालेको देशव्यापी जितलाई  कसैले रोक्न नसक्ने भन्दै कसैले मतगणनामा बखेडा झिके त्यो स्वीकार्य नहुने बताए । ‘एउटा वडा एमालेले जितेको छैन’, सिडिओ सारौं एसएसपी सारौं भन्छन्  । गृहजिल्ला झापाको दमकको मतपरिणाम विवादलाई संकेत गर्दै ओलीले भने, ‘ फेरि उनीहरु नै एउटा वडा एमालेले नजित्दैमा ओली चिन्तामा डुब्यो भनेर पूरै हल्लाखल्ला गर्छन्  । ’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कृतिम सरकार’ को संज्ञा दिँदै ओलीले  सरकारले तराई पहाड छुट्याउन असोज २ सम्मलाई निर्वाचन सारेको आरोप लगाए ।  उनले देउवा सरकार ब्याक फोर्सको आडमा चलेको समेत दाबी  गरे ।  उनले कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको भन्दै ठूला कुरा गरेपनि असली लोकतन्त्रवादी एमाले भएको समेत दाबी गरे । 
कार्यक्रममा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा   विजयी जनप्रतिनिधिलाई ओलीले सम्मान गरेका थिए भने उनीहरुलाई  राष्ट्रियता, स्वतन्त्रता, सार्वभौभिकता,  भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा  हुने गरी जनताको काममा लाग्न  निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।