मेक्सिको र पोर्चुगल फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा

Ronaldo-Portugal

११ असार, एजेन्सी । पोर्चुगल र मेक्सिको फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा पुगेका छन् । गएरातिको खेलमा न्युजिल्याण्डलाई चार शुन्यले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा ठाँउ सुरक्षित गरेको हो ।

खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । बर्नार्डो सिल्भाले अठ्तिसौं मिनेटमा गोल गर्दै टोलीलाई दुई शुन्यले अगाडी बढाए । ८०औं मिनेटमा आन्द्रे सिल्भाले एक गोल थपे ।

इन्जुरी समयमा मैदान प्रवेश गरेका नानीले गोल गर्दै टोलीलाई चार शुन्यको जीत दिलाए । अर्को खेलमा आयोजक रुसलाई मेक्सिकोले २–१ ले हरायो । खेलमा मेक्सिकोका लागि नेस्टोर अराउखो र हिर्भिङ लोसानोले गोल गरे । रुसका लागि एक मात्रै सान्त्वना गोल अलेक्जेन्डर सेमेडोभले गरे ।

समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । समूह चरणका तीन खेलमध्ये दुईमा जित र एकमा बराबरी गरेको मेक्सिको सात अंकसहित समूह उपविजेताका रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।

रुसले भने एक खेल मात्रै जित्यो भने न्युजिल्याण्ड प्रतियोगिताका तीनै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।