९ असार, क्वेटा (पाकिस्तान) । पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको एक विस्फोटमा परीमा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।
साथै सो बिस्फोटबाट २० जना घाइते भएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शुक्रबार दिएका छन् ।
बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा चार प्रहरी अधिकारी पनि रहेका छन् ।
बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
यस विस्फोटमा परी घाइते भएका २० मध्ये ३ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । शुक्रबार विहान सवेरै दिइएको जानकारी अनुसार यस आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको थियो ।
केही समयपछि यो सङ्ख्या बढेर ११ पुगेको जनाइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ ।
यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । रासस/एएफपी
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर