पाकिस्तानमा बम विस्फोटबाट ११ जनाको मृत्यु

Pakistan-bomb-blast

९ असार, क्वेटा (पाकिस्तान) । पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको एक विस्फोटमा परीमा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बिस्फोटबाट २० जना घाइते भएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शुक्रबार दिएका छन् ।

बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा चार प्रहरी अधिकारी पनि रहेका छन् ।

बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

यस विस्फोटमा परी घाइते भएका २० मध्ये ३ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । शुक्रबार विहान सवेरै दिइएको जानकारी अनुसार यस आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको थियो ।

केही समयपछि यो सङ्ख्या बढेर ११ पुगेको जनाइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ ।

यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत