राजपाका पाँच नेता प्रहरीको ‘नजरबन्द’मा !

काठमाडौ असार ४–स्थानीय तहको चुनावका लागि हुने उम्मेदवारको मनोनय रोक्न आन्दोलन गर्न पाँच नम्बर प्रदेश पुगेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु प्रहरीको नजरबन्दमा परेका छन् । 

आन्दोलनमा उत्रेका राजपा नेपालका नेताहरुलाई समातेर थुन्ने रणनीति बनाएका नेपाल प्रहरीले हिजो राजपा नेपालका चारैजना नेतालाई समात्ने योजना बनाएका थिए । उनीहरुलाई प्रहरीले समात्न त नसके तर चारैजना नेतालाई प्रहरीले नजरबन्दमा राखेका छन् ।  

नवलपरासीमा भएको झडपकै क्रममा उनीहरुलाई समात्ने योजना थियो तर झडपमा प्रहरीले गोली चलाउन थालेपछि राजपा नेपालका कार्यकर्ताहरुले महन्थ ठाकुरलाई सुरक्षित स्थानमा पुर्याएका थिए भने अलिन झा, राजकिशोर यादव र राजेन्द्र महतो बीचमै भैरहवाका लागि हिँडिसकेका थिए । झडप भइरहँदा उनीहरु भैरहवामा थिए । 
 
राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण दिइरहेका बेला झडप शुरु भएको थियो । झडप शुरु हुने वित्तिकै महन्थ ठाकुरले आफ्नो भाषण रोकेका थिए ।
भैरहवाको कार्यक्रम सकेपछि पाँच जना नेता साँझ साढे सात–आठ बजेतिर पवन होटलमा पुगेका थिए । 

हिजो साँझ होटल पसेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलसहितका पाँच जना नेताालाई हालसम्म प्रहरीले निस्कन दिएका छैन । नेताको सुरक्षा भनेर प्रहरीहरु त्यहाँ तैनाथ छन् । नेताहरु निस्कन खोज्दा निस्कन दिइरहेको छैन । 
राजपा नेपालका एक नेताले भने, ‘नेताहरु कुनै समान चाहियो वा केही कारण देखाउँदै निस्कन खोज्दा प्रहरीले के काम छ हामी गर्दिन्छौं, के समान ल्याउनु छ हामी ल्याई दिन्छौ भन्दै उनीहरुलाई बाहिर निस्किन दिएको छैन ।’

होटल पसेको झण्डै २४ घण्टा हुन लागेको छ । पाँचजना नेता त्यही भित्रै छन् । 

नेताहरुलाई हामीले सम्पर्क गर्ने प्रयास गर्यौं । दुईजना नेताको फोन लाग्यो तर उठाएनन् । त्यसपछि महासचिव जितेन्द्र सोनलसँग सम्पर्क भयो । उनलाई हामीले नजरबन्दमा राखिएको बारेमा सोध्दा भने उनले यसलाई नजरबन्द भन्ने कि के भन्ने बन्द कार्यक्रम भएका कारणले आफूहरु होटलबाट ननिस्केको प्रतिकृया दिए । 

‘बाहिर खासै कुनै कार्यक्रम छैन । त्यही भएर निस्केका छैनौ । ठाउँ ठाउँमा नेता तथा कार्यकर्ताहरु नारा जुलुस लगाइरहेका छन् । झडपहरु पनि भएको सुनिएको छ । शान्तिपूर्ण रुमपा बन्द सफल भएको छ,’ उनले भने । 
भैरहवा, नवलपरासी र कपिलवस्तुको अवस्था हिजै तनावपूर्ण अवस्था थियो । आज बन्दकै अवस्थामा अन्य दलका नेताहरु उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

पाँच नम्बर प्रदेशका लागि राजपा नेपालले जुन प्रकारको आन्दोलनको तयारी गरेको थियो त्यस्तो कही देखिएन । 

आन्दोलनकारी बाहिर निस्किने वित्तिकै प्रहरीले उनीहरुलाई समाति हाल्थ्यो । 
झापादेखि बर्दिया, कञ्चनपुरसम्म हजारौँ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । प्रहरीले आन्दोलनकारीमाथि दमन गरेर उम्मेदवारी मनोनय गराएको बताउँदै उनले कतिपय उम्मेदवारले हिजै नै निर्वाचन आयोगलाई मनोनयपत्र बुझाई सकेको दाबी गरे । ‘छलकपट, बल प्रयोग गरेर गराएको चुनावले मान्यता पाउने छैन,’ उनले भने ।   

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले हालसम्म प्रहरीले पक्राउ परेका र झडपमा घाइते भएका बारेमा यस्तो जानकारी गराएका छन् ।

उनका अनुसार विभिन्न जिल्लाहरुमा हालसम्म गिरफ्तार गरिएका तथा आन्दोलनको क्रममा प्रहरीको कारवाहीमा घाइते भएका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुको अवस्था यस प्रकार रहेको छ ः

–    कैलाली जिल्लाको धनगढीमा सरिता चौधरी एवं फोनीराम चौधरी सहितका राजपाका नेताहरुलाई गिरफ्तार गरिएको छ ।

–     कंचनपुर जिल्लाका विभिन्न गाँउपालिका एवं नगरपालिकाहरुमा विरोध प्रदर्शनको कार्यक्रम जारी रहेको छ ।

–     बर्दियाको गुलरियामा राजपा नेपालको जिल्ला अध्यक्ष मण्डलको संयोजक, धनेश यादव सदस्य श्री सुरेश शुक्ला, किर्तिनाथ यादव, केशव यादव लगायतका नेता तथा कार्यकर्ताहरुलाई हिजो देखिनै गिरफ्तार गरि राखिएको छ ।

–     बाँके जिल्लाको नेपालगंजमा राजपा नेपालका जिल्ला अध्यक्ष मंडलका जिल्ला अध्यक्षहरु केशव राम वर्मा, लक्ष्मी नाराण वर्मा र फुल चन्द्र तिवारी, रामकुमार दिक्षीत, सुरेश कुमार बर्मा, मुन्नवर अलि हलवाई, अरुण कुमार तिवारी, राम गोपाल बर्मा, अब्दुल कादिर शेष, मनोज बर्मा, मो.रसुल साह, महमुद आलम सिद्धीकी, आनन्द दुला खान, राजेन्द्र कुमार गुप्ता सहित २० जना नेता एवं कार्यकर्ताहरुलाई हिजो देखिनै गिरफ्तार गरिएको छ । 

–    कपिलवस्तुको तौलिहवा, चन्द्रौटा एवं कृष्णानगर सहितको ठाँउमा बन्द रहेको र कपिलवस्तु जिल्ला कमिटिका अध्यक्ष मंडलका अध्यक्षहरु श्रीकालीपद शर्मा, रविदत्त मिश्र, अमृता अग्रहरी, रविन्द्रनाथ मिश्र, सन्तराम गुप्ता, बलराम तिवारी, राहुल सिंह सहित ११ जना नेताहरुलाई गिरफ्तार गरी राखिएको । कपिलबस्तु जिल्लाकै विजयनगर गांउपालिकामा राम प्रकाश चौधरी, बालजी चौधरी, सुर्य प्रकास चौधरी, फकरु मुशलमान लगायत ५ जना नेता तथा कार्यकर्ताहरु गिरपफतार गरिएका छन भने सत्यजीत चौधरी, ओम प्राकास कुर्मि, लाला लगायतलाई सख्त घाइते बनाइएकोछ । साथै कृष्णानगर न.पा.मा मंगलप्रसाद गुप्ता, इन्द्र बहादुर चौधरी, रामनरेश  चौधरी, रामराज चौधरी, आज्ञाराम हरीजन लगायत ६ जन गिरपफतार गरिएका छन ।

–   रुपन्देहीको भैरहवा, मर्चवार, पर्सा लगायतको ठाँउमा विरोध एवं बन्दको कार्यक्रम जारी रहेको  समाचार प्राप्त भएको छ ।

–    नवलपरासीमा हिजो राजपाद्वारा आयोजित आमसभामा प्रहरीद्वारा गरिएको बर्बर आक्रमणले गर्दा प्रहरीको गोलीले घाइते भएको आन्दोलनकारीहरुको अवस्था स्थिर रहेको र पार्टीद्वारा निर्धारित आजको कार्यक्रमलाई प्रभावित गर्नका लागी हालसम्म गोबिन्द चौधरी, पुुरण प्र.चौधरी सहित ३० जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । साथै गैंडाकोटमा करम हुसैन लगायत ५ जना नेता तथा कार्यकर्तालाई गिरपफतार गरिएको छ ।

–      सुनसरीमा हालसम्म जिल्ला संयोजक डा. सि.एन पाठक, केन्द्रीय प्रवक्ता सन्तोष मेहता सहित ११ जनालाई गिरफ्तार गरिएको छ ।

–     मोरङ्गमा हाल सम्म जिल्ला संयोजक मो. कादिर, सत्यनारायण साह, महेश्वर यादव, राधा मण्डल, अश्मिता मल्लिक, राजकुमार राजबंशी, जगदीश अधिकारी, चन्द्र प्रसाद राजत्रबंशी, राजीव केसी, राधे कामत, रामानन्द साह, मुन्नी कर्ण, बि.पी.मण्डल, विजय दास, दानादेवी मण्डल, निलम देवी यादव,सारदानन्द दास  लगायत २० जनालाई गिरफ्तार गरिएको छ ।

–    सिरहामा राजपा नेपालका राकेश कृुमार झा, कृष्ण कुमार साह, मुकेश सर्मा सहितका ८ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।

–     धनुषाको जनकपुरमा प्रहरीको लाठी चार्जमा जिल्ला संयोजक परमेश्वर साह, संजय सिंह, प्रमोद यादव केन्द्रीय सहमहामन्त्री सुरिता साह, केन्द्रीय सदस्य रिता झा,  बिन्दु ठाकुर, विभा ठाकुर, पुनम झा, चन्दा ठाकुर, रामजी राय, रितेश सिंह, सदाशिव मिश्र, लालकिशोेर साह, सुरेन्द्र मण्डल, माननिय दिनेश साह, भोगेन्द्र झा भोगी, धिरेन्द्र सिंह, सिताराम यादव, रेणु झा, अरुण झा, प्रमिला मण्डल, लक्ष्मी महतो, मोती कुमारी झा, आशा कुमारी झा, पुष्पा कुमारी  लगायत दर्जनौ नेताहरु घाइते भएको र ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । साथै घाइतेहरु मध्ये रिता झाको अवस्था अति गम्भीर भई अस्पतालमा भर्ना गरिएको छ ।

–     पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा बन्द एवं आम हडतालको कार्यक्रम हालसम्म शान्तीपूर्ण रुपमा जारी रहेको छ ।

–      हालसम्म मोरङ्ग, सुनसरी, धनुषा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली सहितका जिल्लाहरुमा ४५८ जना आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ ।
–     सप्तरीको. कठौनामा माधुरी साह, दिनेश यादव, ननु चौधरी तथा अताबुल मियां लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई गिरफतार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने