इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने


फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।

यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ ।

 

फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाइँको टाइमलाइनमा देखिनेछैन र तपाइँको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षित रहनेछ । चाहिएको बेला उक्त फोटोलाई निकालेर प्रयोग गर्न सकिनेछ ।

बुधबार एक पोष्टमार्फत इन्स्टाग्रामले भनेको छ ः तपाइँ को हुनुहुन्छ र समयसँगै तपाइँ सुधार भइरहनुभएको छ भन्ने कुरा तपाइँको प्रोफाइलले प्रतिनिधित्व गर्दछ । आर्काइभसँगै अब तपाइँले ती पलहरु पनि सँगाल्न तथा सुरक्षित राख्न सक्नुहुनेछ जसको बारेमा तपाइँलाई चासो हुन्छ ।

इन्स्टाग्रामको यो आर्काइभ फिचरले प्रयोगकर्तालाई आफ्नो पोस्टलाई पब्लिक प्रोफाइलबाट डिलिट नगरीकन हटाउने सुविधा प्रदान गर्दछ । आर्काइभ फोल्डरमा लगेको सामाग्रीहरु केवल सम्बन्धित प्रयोगकर्ताले मात्र हेर्न सक्दछ ।

साथै त्यसलाई पुनः पब्लिक प्रोफाइलमै लैजाने अप्सन पनि उपलब्ध हुन्छ । इन्स्टाग्रामको आर्काइभलाई स्न्यापच्याटको मेमोरिज फिचर जस्तै मान्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता