कतारमा नेपालीलाई समस्या छैन’: श्रम मन्त्री

Farmulla-mansur-768x460

२ असार, काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको उनले बताए ।‘त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन’, उनले भने । नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ । मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।

नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत