लण्डनमा आगलागी , कैयौँको मृत्यु

३१ जेठ – लण्डनमा एउटा चौबिस तले आवासीय ‘टावर ब्लक’मा भएको भीषण आगलागीमा कैयौँ मानिसहरुले ज्यान गुमाएका छन्। 

कम्तीमा ५० जना मानिसहरुलाई अस्पताल लगिएको बताइएको छ।
ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान जोगाएका व्यक्तिहरुले त्यहाँ फसेका मानिसहरुले मद्दतको लागि आग्रह गर्दै चिच्याएको र केहीले आफ्ना साना केटाकेटीलाई लिएर झ्यालतर्फ अघि बढेको अनि माथिल्ला तलाहरुबाट हाम फालेको देखेको जानकारी दिएका छन्।

अधिकारीहरुले मंगलबार बिहानीको समयमा आगलागी हुँदा उक्त भवनमा करिब ६ सय मानिसहरु रहेको बताएका छन्।

क्षतविक्षत
आगलागी नियन्त्रणका लागि झण्डै दुईसय अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो।
आगोले क्षतविक्षत भएको उक्त टावर अझै ठडिएकै अवस्थामा छ तर त्यो ढल्नसक्ने चिन्ताहरु व्यक्त भएका छन्।

आगलागीको कारण अझै थाहा भइसकेको छैन्।
हालै उक्त भवनको साजसज्जा फेर्नुका साथै स्तरोन्नति गरिएको थियो।

खुलासा
यसैबीच उक्त टावरमा आगलागीको जोखिम रहेको भनेर केही स्थानीय मानिसहरुले विगतमा नै चेतावनी दिएको खुलासा भएको छ।

उनीहरुले आगलागी हुँदा आफ्ना फ्ल्याटको मूल ढोका बन्द गरी भित्रै बस्न र उद्धारको प्रतीक्षा गर्न सुझाव दिइएको उल्लेख गरेका छन्।
लण्डनका मेयर सादिक खानले केही मानिसहरुले उक्त सुझावको उल्लंघन गरेर आफ्नो ज्यान जोगाएको उल्लेख गरेका छन्।

उनले त्यस्ता सुझावले मानिसहरुलाई जोखिममा पार्ने या नपार्ने बारेमा जाचबुँझ गरिनुपर्ने बताएका छन्।
उक्त ब्लक अवस्थित रहेको क्षेत्रको स्थानीय प्रशासनले आगलागीको कारण र तीव्र स्तरमा भएको त्यसको फैलावटबारे द्रुत गतिमा छानबिन गरिने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत