एसियन कपमा नेपाल भोली यमनसंग भिड्ने

Nep-Vs-Ind-Football

२९ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईमा सन २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे ।

उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताए ।

त्यसैगरी, उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने छन् ।

त्यसैगरी, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छनोटमा परेका छन ।

यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ तथा सुनिल बल रहेका छन भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर रहेका छन । यस खेलबाट अनिल गुरुङले भने राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका हुन ।

सोही प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । भोलि दिउँसो ३ः०० बजे हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति