कम बोल्छु, बढी गर्छु : देउवा

sher-bdr-deuba-pm-3

जेठ २४, काठमाडौं – माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको खबर छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ ।

आरोप/प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो ।

सायद यही तिक्ततापूर्ण विगततर्फ इंगित गर्दै प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले वर्तमान गठबन्धनप्रति संसद्मा मंगलबार प्रश्नसमेत उठाउनुभएको थियो । यद्यपि, संसद्मा मन्तव्यका क्रममा देउवाले दाहाल र दाहालले देउवाको प्रशंसामा अधिकांश समय खर्चनुभएकाले दुई नेताबीचको सहकार्य लामो समय जाने आकलन गर्नेहरूको पनि कमी थिएन ।

माओवादी केन्द्रको प्रमुख सहकार्यमा मधेसकेन्द्रित दल र साना दलको सहमतिमा देउवा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । मंगलबार संसद्मा भएको मतदानमा कुल खसेको ५ सय ५८ मतमध्ये देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो । विपक्षमा १ सय ७० मात्र मत पर्‍यो । हाल कायम ५ सय ९३ सदस्यमध्ये देउवालाई प्रधानमन्त्री बन्न सामान्य बहुमत चाहिन्थ्यो । तर, यसअघि कांग्रेस-माओवादी गठबन्धनसँग नजिक रहेका सबै दलले देउवालाई प्रधानमन्त्रीमा मतदान गरे ।कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच संसद् भवनमै तीनबुँदे सहमति भयो र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले देउवाका पक्षमा मतदान गरे ।

यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले पनि देउवालाई साथ दिनुभयो । देउवाले पाएको मतलाई संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मतसँग पनि जोडिएर हेरिएको छ । संविधान संशोधन गर्ने वचन दिएकाले दुई तिहाइ जुटाउन अब देउवालाई केही मतको खाँचो देखिन्छ ।

प्रमुख विपक्षी एमालेका १ सय ८१ सांसद रहे पनि देउवाको विपक्षमा १ सय ७० मत मात्र खस्यो । १७ जना एमालेकै सांसद मतदानमा अनुपस्थित रहेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । ‘हाम्रो तर्फबाट उम्मेदवार पनि थिएन, केही साथी बिरामी र केही साथी दोस्रो चरणको निर्वाचनमा खट्नुभएकाले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुन पाउनुभएन’, ढकालले भन्नुभयो ।

नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र मधेस समता पार्टीले पनि देउवाको विपक्षमा मतदान गरेका थिए । तर, नेमकिपाले भने निर्वाचनमा भाग लिएन । ‘मुलुकको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा, देश विकास, पुनर्निर्माणलगायत विषयमा कुनै कार्यक्रम नभएपछि प्रधानमन्त्री निर्वाचनमा भाग लिनुको अर्थ नरहेपछि हामीले भाग लिएनौं’, नेमकिपाका प्रेम सुवालले भन्नुभयो ।

०५२, ०५८ र ०६१ सालमा प्रधानमन्त्री बन्नुभएका देउवा राजाबाट ‘अक्षम’ भनी घोषणा भएको १२ वर्षपछि प्रधानमन्त्री बन्नुभएको हो । ‘पहिलाजस्तो ज्ञानेन्द्रले फाल्ने, ल्याउने परिस्थिति अहिलेको होइन, दाहालले देउवालाई संसद्मा प्रस्ताव गर्दै भन्नुभयो, ‘राजा-महाराजाले कसरी ह्युमिलिट गरे भन्ने कुरा उहाँले भन्नुभएको छ । तर, अहिलेको फरक परिस्थिति हो’, दाहालले भन्नुभयो ।

एमालेका तीनैजना नेता माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफू प्रस्तावक बने पनि एमालेबाट त्यस्तो अवसर नपाएको भन्दै दाहालले गुनासो पोख्नुभयो । ‘कांग्रेसले गुन लगायो, मैले तिरेँ’, दाहालले भन्नुभयो ।फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान बनाउन आफूले ठूलो योगदान गरे पनि ठूला दलका नेताले आफ्नो योगदानलाई बिर्सेको भन्दै गुनासो पोख्नुभयो ।

 देउवाका ५ चुनाती
१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।
सपथ आज पौने दुई बजे, आज सानो मन्त्रीमण्डल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा