बस र ट्रक जुध्दा २२ जनाको मृत्यु

नयाँदिल्ली, २२ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा २२ को मृत्यु हुनुको साथै अन्य १९ जना नराम्ररी घाइते भएका छन् ।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बिहान १ बजे तिर उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं. २४ मा उत्तर प्रदेश सरकारको स्वामित्वमा सञ्चालित यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको एक ट्याङ्कर ट्रक एक आपसमा ठोक्किन पुगी दुर्घटना भएको बरेली प्रहरी प्रमुखले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र आगोको लप्कामा परी जलेर १९ जना घाइते नराम्ररी भएका थिए ।

उत्तर प्रदेशकै गोन्डा जिल्लामा अवस्थित बस स्टेसनतर्फ जाँदै गरेको उक्त बसमा दुईजना चालक, एक जना सहचालक तथा ३८ जना यात्रु यात्रा गर्दै थिए ।

उक्त दुर्घटना मध्यरातको समय र बसका प्रायः यात्रु निदाइरहेको समयमा परेको कारण केहीले मात्र भागेर ज्यान बचाउन सकेका र २२ जनाको भने दुर्घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएकामध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटनास्थलबाट सोमबार बिहान स्थानीय समयानुसार ५ः४५ मा २२ यात्रुको शव निकाल्न सकिएको र ती शवमध्ये स्त्री या पुरुष लिङ्ग छुट्याउन समेत कठिनाई भएको बरेली जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।

यस दुर्घटनाबारे छानबीन गरी सत्यतथ्य पत्ता लगाउन राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ ।

भारतमा सडक दुर्घटनामा हुने हताहतिको सङ्ख्या औसत विश्वको तुलनामा नै बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार यहाँ हरेक दिन सडक दुर्घटनामा चार सय भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

जथाभावी रुप र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा लापरबाही रहेका कारण यस प्रकारको सडक दुर्घटना हुने गरेको सरकारी अधिकारीको दावी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत