२१ जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि संसद अवरोध खोल्नु अघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतको फैसला पर्खने भएको छ । आज प्रधानमन्त्रीको निर्वाचनको तालिका तोकिएको भएपनि एमालेकै आग्रहमा संसद बैठक पर्सीसम्मका लागि स्थगित गरियो ।
बैठक पर्सीसम्म स्थगित गर्नुको कराण हो, चितवन घटनाका बारेमा निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध सर्र्वोच्चले भोलीका लागि पेशी तोक्नु । यसको सिधा बुझाई हो, भोली सर्वोच्चले एमालेको पक्षमा अर्थात भरतपुर १९ को मतगणना पुनः सञ्चालन गर्ने फैसला गरेमा एमालेले पर्सीको संसद बैठकमा अवरोध खोल्छ र शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन्, अन्यथा एमालेको अवरोध जारी रहनेछ र देउवाको सत्तारोहण अझै लम्बिने छ ।
आज बिहान ११ बजेका लागि संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने तालिका थियो । तर छलफलका लागि भन्दै बैठक ३ बजेसम्मका लागि स्थगित गरियो र प्रमुख दलका नेताहरु छलफलमा जुटे ।
जहाँ सर्वोच्चले चितवन घटनाका बारेमा निर्वाचन आयोगको निर्णय विरुद्ध भोलीका लागि पेशी तोकेको जानकारी पाएको एमाले आफैले थप दुई दिन छलफल गर्नका लागि भन्दै संसद बैठक स्थगित गर्न माग गरयो ।
तर कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ पर्सीको बैठकबाट आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री हुनेमा ढुक्क रहन आग्रह गर्छन । तर एमालेको छाँट त्यस्तो छैन । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पर्सीसम्म दलहरुको बीचमा रहेका आशंका हटाउन प्रयत्न गर्ने बताउँछन् । दलहरुको आशंका र अविश्वास त्यति छिटै हट्लान भन्ने बलियो आधार पनि देखिएको छैन ।
बैठकपछि एमाले संसदीय दलका उपनेता शुवासचन्द्र नेम्वाङ विभिन्न पक्षसँग छलफल गरी सहमतिको प्रयास गर्ने बताउँछन् ।
यस्तो छ देउवालाई रोक्ने अभियानः
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा