भारतमा जस्टिन बिबरको चर्को आलोचना

काठमाडौं, वैशाख २९ । क्यानेडियन चर्चित गायक जस्टिन बिबरले भारतमा आयोजित कन्र्सटमा दर्शकलाई झुक्काएको भन्दै उनको चर्को आलोचना भएको छ ।

मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए ।

भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात् पूर्ववत् रेकर्ड गीतमा लय मिलाएर मुखमात्र चलाएपछि अहिले फेसबुक र ट्वीटरमार्फत् उनको आलोचना भएको हो ।

कतिपय दर्शकहरुले यस कन्र्सटलाई ‘फेक’ तथा दर्शक झुक्काएकाले बिबरलाई अब भारत नआउनसमेत अनुरोध गरेका छन् । साथै, दर्शकहरुले बिबरमात्रै नभइ आयोजकसमेत दोषी रहेको उल्लेख गरेका छन् ।

गत बुधबार साँझ बिबरले कन्र्सटमा करिब दुई घन्टा प्रस्तुति दिएका थिए । तर, उनले कन्र्सटमा ‘लिपसिङ’ गरेको खबर बिहीबार (हिजो)मात्र बाहिर आएको हो ।

यस विषयमा बिबरले दर्शकसँग माफीसमेत मागेका छन् । तर, उनका सर्मथकहरुले बिबरको माफीको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

कन्र्सटमा भारतीय कलाकारहरुकोसमेत उलेख्य सहभागिता रहेको थियो । भारतीय कलाकार सोनाली वेन्द्रेले उक्त कन्र्सट पैसा र समयको बर्बादी भएको प्रतिक्रिया दिएकी छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत