हारेर पनि रियल म्याड्रिड यसरी पुग्यो फाइनलमा

real-madrid-1233818

२८ वैशाख , काठमाडौं । एथलेटिको म्याड्रिडसँग २–१ गोल अन्तरले पराजित भए पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा रियल हार्दा पनि समग्रमा ४–२ को अन्तरले फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा एथलेटिकोलाई रियलले ३–० हराएपछि दोस्रो लेगमा पराजित भएपछि फाइनलमा प्रवेश गरेको हो ।

अब आगामी ३ जुनमा वेल्सको कार्डिफमा रियल र इटालियन युभेन्टस्बीच फाइनल खेल हुनेछ । युभेन्टस्ले मोनोकोलाई हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ ।

पहिलो खेलमा ३–० पछि परेको स्थिति रहे पनि एथलेटिकोले आफ्नै मैदानमा भएको दोस्रो लेगमा सुरुदेखि नै लय देखाएको थियो । १२ औं मिनेटमा साउल गोल गरेपछि १६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एन्टिनियो ग्रिजम्यानले गोलमा परिणत गरेपछि चार मिनेटमा एथलेटिकाले २–० को अग्रता लिंदै एथलेटिकोलाई अत्याएको थियो । तर, पहिलो हाफ सकिंनै लाग्दा ४२ औं मिनेटमा करिम बेन्जमाले प्रहार गरेको बल फर्किएर आउँदा इस्को गोलमा परिणत गरेपछि रियल खेलमा फर्किन पुग्यो । त्यसपछि दोस्रो हाफमा पनि एथलेटिकोलाई थुप्रैपटक अत्यायो तर, गोल गर्न सकेन । पहिलो लेगमा ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो लेगमा थुप्रै अवसर पाए पनि गोल गर्न सकेनन् ।

गतवर्षको विजेता रहेको रियल यसपटक पनि फाइनलमा प्रवेश गरेको हो । गतवर्ष एथलेटिकोलाई नै फाइनलमा हराउँदै रियलले उपाधि जितेको थियो । यसपटक फेरि एथलेटिको रियलसँगै रोकियो ।

रियलले अब १५ औं पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो । ३ जुनमा हुने फाइनल जिते पछिल्लो स्वरुपको च्याम्पियन्स लिग लगातार दुईपटक जित्ने रियल पहिलो क्लब हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।