फाइनल प्रवेशका लागि रियल र एटलेटिको भिड्दै

Real-Atletico-1

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै छन्। यी दुइ टोलीबिचको पहिलो लेगको खेलमा रियल ३-०ले विजयी रहेको थियो।

रियल म्याड्रिडको लागि चोटका कारण यस खेलमा ग्यारेथ बेल र पेपे अनुपस्थित रहनेछन्। बेलको स्थानमा फर्ममा रहेका इस्कोले सुरुवात गर्ने सम्भावना रहेको छ। हामेस रोड्रीग्वेज र अल्भारो मोराटा पनि सुरुवाती ११मा पर्ने सम्भावना उत्तिकै छ। यसैसाता ग्रानाडाविरुद्ध जितमा विश्राम पाएका मुख्य खेलाडीहरु सुरुवाती ११ मा पर्ने लगभग पक्का छ।

एटलेटिकोका लागि यानिक करास्कोले चोट बोकेका कारण खेलमा उपस्थित हुने दुविधा छ, यदि उनले खेल्न नसके उनको ठाउँमा निकोलस गाइतान खेल्नेछन्। फर्नान्डो टोरेस र केभिन गमेरियो मध्ये एक जनाले एन्टोइन ग्रिज्मनसंग आक्रमणमा सहयोग गर्नेछन्।

एटलेटिको आफ्नो पछिल्ला १२ च्याम्पियन्स लिग खेलमध्य १० खेलमा अपराजित रहेको छ। उता रियलको पछिल्लो ११ च्याम्पियन्स लिग खेलमा प्रत्यक खेलमा २ गोल भन्दा बढी भएको छ। पछिल्ला ३ वर्षयता च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको यात्रा रियललेनै अन्त्य गरेको छ। पछिल्ला ३ सिजनमा रियलले २ पटक एटलेटिकोलाई फाइनलमा हराएको छ।
नेपाली समयानुसार खेल मध्यरातको १२:३० बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।