‘उत्तर कोरियाले सेटेलाइटबाट अमेरिकामा आक्रमण गर्छ’

kim_john_un-5912c5c4f1ccb5.61119374

एजेन्सी : उत्तर कोरियाका राष्ट्रपति किम जोन उनको हत्या गर्ने अमेरिकी खुफिया एजेन्सी सिआईएको योजना बाहिर आएपछि उत्तर कोरिया अमेरिकासँग थप रुष्ट भएको छ । उत्तर कोरियाले जुनसुकै बेला आफूमाथि आक्रमण गर्न सक्ने हल्ला अमेरिकाले फैलाएको छ । रक्षात्मक रणनीति अपनाइरहेको उत्तर कोरिया हाल आक्रमक रुपमा प्रस्तुत भएको अमेरिकी ठहर छ ।

अमेरिकाका इएमपी टाक्सफोर्सका कार्याकारी निर्देशक ‘पिटर भिसेन्ट प्रे’ ले एक सञ्चार माध्यामलाई दिएको अन्तर्वार्तामा यस्तो दावी गरेका छन् ।

उत्तर कोरियाले सन २०१२ र २०१६ मा दुईवटा सेटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । केएमएस ३-२ र केएमएस-४ नामका दुई सेटेलाइटले करीब डेढ घण्टामा पृथ्वीको फेरो मार्न सक्ने प्रेको दावी छ । यिनै सेटेलाइटको प्रयोग गरी उच्च कोटीका परमाणु हतियारको सहयतामा अमेरिकामाथि साइबर आक्रमण समेत गर्न सक्ने भन्दै प्रेले चिन्ता व्यक्त गरेका छन् ।

त्यसबाट सञ्चार सेवा अवरुद्ध हुनुका साथै वायुमण्डलको सन्तुलन नष्ट हुँदा हवाई यानहरु समेत उडाउन नसकिने अमेरिकी अधिकारी प्रेको दावी छ । यसबाट अमेरिकामा मात्रै नभएर विश्वभर असर पर्ने पनि उनी बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने