चुनाव जितेपछि तलब भत्ता नलिने घोषणा गर्ने उम्मेदवार को हुन् ?

Sim-Gurung-MUL-Pokhara

२४ बैशाख, पोखरा । विकासे नारा दिएर चुनाव प्रचार गर्ने भीडमा कास्कीका एक उम्मेद्वार भने फरक देखिएका छन् । पोखरा लेखनाथ वडा नम्बर २० का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार बनेका सिम गुरुङ विकासका खोक्रा नारा दिएर चुनाव प्रचार गर्ने होडबाट फरक देखिएका हुन् ।

ब्यवसायीक पृष्ठभूमिका गुरुङले आफूले चुनाव जितेमा सरकारले दिने तलबभत्ता नलिने घोषणा गरेका छन् ।

 

चुनाव प्रचारका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० स्थित मौजामा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले आफू वडाध्यक्ष बनेको खण्डमा सरकारले दिने एक वर्षको तलब भत्तामा आफूले थप रकम जोडेर कुनै एक गाउँमा विकास निर्माण गर्ने बताए ।

यो क्रम आफ्नो कार्यकाल अवधीभर पाँचै वर्ष लागू गर्ने उनले प्रतिबद्धता जनाए । उनका अनुसार प्रत्येक वर्ष फरक-फरक गाउँमा सो रकम प्रदान गर्ने उनको भनाई छ ।

सरकारले वडाध्यक्षको मासिक तलब ३० हजार र हरेक बैठकको एक हजार भत्ता तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो