चुनावको मुखमा माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

atal-696x492काठमाडौ  बैशाख, नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए ।

मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । उनले भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको सोधीखोजी गर्नुपर्छ, माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा अब उ कम्युनिस्ट पार्टी रहेन ।’ उनले आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविस्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको बताए ।

“नेकपा (माओवादी केन्द्र)का कुटिलहरुले अझैसम्मपनि क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउनका लागि सर्वहारा वर्गको मुक्ति र समाजवादको फलाको हाल्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित जो आफै व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति (अझ जातिवादी पनि), भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ” पोलिट्ब्युरो सदस्य अटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् । विचारको संरक्षण गर्ने नाममा मोहनविक्रम सिंहको बाटोमा लागेको बताए । ‘क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति हुँदैन, त्यहाँ बसिरहनु समय बर्बाद पार्नु मात्र हो’ समिरले भने ।

‘क.किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाउदै आएको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवालदीले चुनाव उपयोग गर्नेको नीति अक्रमर्णयताको उपचार भएको बताए । क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात पार्नु भन्दा विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट