मुम्बई इन्डियन्स आइपिएलको प्लेअफमा पुग्ने पहिलो टिम

timthumb

मुम्बई इन्डियन्स दशौं आइपिएलको प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बन्न पुगेको छ। विराट कोहलीको रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ५ विकेटले पराजित गर्ने क्रममा मुम्बई प्लेअफमा प्रवेश गर्यो।

अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक रहेको अवस्थामा मुम्बईका कप्तान रोहित शर्माले शेन वाट्सनको पाँचौ बलमा चौका प्रहार गर्दै आफ्नो टोलीलाई एक बल बाँकी रहँदै विजय दिलाए।
रोहितले कप्तानी इनिङ खेल्दै १ छक्का र ६ चौकाको सहयोगले ३७ बलमा अविजित ५३ रन बनाएका थिए। जस बटलरले ३३ रन बनाएका थिए।

यसअघि रोयल च्यालेञ्जर्स बेङ्लोरले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। कप्तान विराट कोहली चाँडै आउट भएपछि बेङ्लोरको अवस्था नाजुक बनेको थियो। कोहली १४ बलमा २ छक्काको सहयोगले २० रन बनाउदै आउट भए। उनलाई मिचेल म्याकलङघनले आफ्नो शिकार बनाए।

बेङ्लोरका लागि सर्वाधिक रन एबी डीभिलियर्सले ३ छक्का र ३ चौकाको सहयोगले २७ बलमा ४३ रन बनाए। पवन नेगीले ३ छक्काको सहयोगले ३५ रन बनाएका थिए। केदार जाधव र नेगीले छैटौं विकेटका लागि बनाएको ५४ रनको साझेदारी नै इनिङको सर्वाधिक ठूलो साझेदारी थियो। जाधवले २८ रन बनाए। यी दुवैलाई म्याकलङघनले १९ ओभरको चौथो र पाँचौ ओभरमा लगातार आउट गरेका थिए। छैटौं बलमा उनी ह्याट्रिक निकट थिए। तर, श्रीनाथ अरविन्द रन लिने चक्करमा रनआउट भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा