लोकप्रिय १०० खेलाडीः शीर्षमा रोनाल्डो यथावत, मेस्सी तेस्रोमा

ronaldo-768x342१७ जेठ, काठमाडौं । विश्वका सबैभन्दा चर्चित खेलाडी को हुन् ? या विश्वका चर्चित १०० खेलाडीमा को को पर्लान् ? यो प्रश्नको जवाफ खेलकुद सम्बन्धी चर्चित अनलाइन पोर्टल इएसपिएन डट कमले खोतल्ने प्रयास गरेको छ ।

 

समाजिक सञ्जालमा हुने चर्चा र इन्टरनेटमा खोजी गरिएको आधारमा इएसपिएनले उत्कृष्ट तथा चर्चित १०० खेलाडीको सूची तयार पारेको छ ।

सूचीमा फुटबल र क्रिकेटका अधिकांश चर्चित खेलाडीहरु समेटिएका छन् भने बास्केटबल, टेनिसका स्टारहरु पनि समेटिएका छन् ।

सूचीको पहिलो नम्बरमा रियल मडि्रडका पोर्चुगिच स्ट्राइकर क्रिष्टियानो रोनाल्डो छन् । अघिल्लो बर्ष पनि उनी पहिलो नम्बरमै थिए । सामाजिक सञ्जाल इस्टाग्राममा उनका ९३ मिलियन फलोअर्स छन् भने फेसबुकमा ११८.८ मिलियन र ट्वीटरमा ५०.४ मिलियन फलोअर्स छन् ।

सूचीको दोस्रो नम्बरमा अमेरिकी बास्केटबल स्टार जेम्स लेब्रोन छन् । सामाजिक सञ्जालमा त्यति धेरै फलोअर्स नभएपनि हिरो-भिलेन-सुपरहिरोको उनको जीवनकालले गर्दा उनी चर्चामा छन् । अघिलो बर्ष पनि उनी दोस्रो नम्बरमै थिए ।

बर्षका चर्चित खेलाडीको तेस्रो नम्बरमा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी यथावत छन् । मेस्सी ट्वीटर चलाउँदैनन्, इन्स्टामा ६५.१ मिलियन र फेसबुकमा ८६.६ मिलियन फलोअर्स उनका छन् ।

विश्व टेनिसका सुपरस्टार रोजर फेडेरर चर्चित खेलाडीको सूचीमा चौथो स्थानमा छन् । यो बर्ष १८ पटकका ग्राण्डस्लाम च्याम्पियन तथा २८ पटकका फाइनलिष्ट यी स्वीस नागरिकले एक स्थान सुधार गरेका हुन् ।

पाचौं स्थानमा अमेरिकी गल्फर फिल मिकेल्सन छन् । उनले अघिल्लो बर्षभन्दा ८ स्थान सुधार गरेका हुन् ।

अघिल्लो बर्ष चौथो स्थानमा रहेका नेइमार दुई स्थान खस्कँदै छैटौं स्थानमा पुगेका छन् । बार्सिलोनाका लागि खेल्ने यी ब्राजिलियन स्ट्राइकर विश्वको उत्कृष्ट फुटबलर बन्ने पथमा छन् ।

सूचीको सातौं स्थानमा कीर्तिमानी जमैकन धावक उसेन बोल्ट । उनी यसअघि १५औं स्थानमा थिए । आठौं स्थानमा अमेरिकी बस्केटबल खेलाडी केभिन डुरेन्ट, नोवौं स्थानमा स्पेनिस टेनिस खेलाडी रफायल नदाल र दशौं स्थानमा अमेरिकी गल्फर टाइगर उड छन् ।

भारतीय क्रिकेट कप्तान बिराट कोहली सूचीको १३औं स्थानमा छन् । उनी एसियाली क्षेत्रका सबैभन्दा चर्चित खेलाडी बनेका छन् भने भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी १५औं स्थानमा छन् ।

अमेरिकी जुडो स्टार रोन्डा रोउसे चर्चित खेलाडीको सूचीमा १६औं स्थानमा छिन् । ओलम्पिक स्वर्ण बिजेता रोन्डा महिला खेलाडीमध्ये सबैभन्दा चर्चित छिन् ।

इजिप्सियन फुटबल सुपरस्टार मोहम्मद सालाह चर्चित खेलाडीको सूचिमा १००औं नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।