रियाद मेहरेज लिसेस्टर क्लव छाड्दै

Riyad_mahrez-768x432१७ जेठ, काठमाडौं । लिसेस्टर सिटीका स्ट्राइकस रियाद मेहरेजले क्लव छाड्न चाहेको घोषणा गरेका छन् ।

 

फ्रान्सेली क्लव ले हाब्रेबाट सन् २०१४ मा ४ लाख पाउण्डमा लिसेस्टर आएका उनी गत सिजन क्लवले पि्रमियर लिगको उपाधि जितेलगत्तै छाड्ने मुडमा थिए । तर क्लव प्रशासनले गरेको बिशेष अनुरोध स्वीकार्दै उनी एक सिजनका लागि क्लवमा बसेका थिए ।

तर मेहरेजले आफ्नो बिज्ञप्तिमा भनेका छन् कि उनी निक्कै महत्वाकांक्षी छन् र क्लवलाई आफूले यस सिजनदेखि छाड्न लागेको सूचित गरिसकेका छन् ।

प्रोफेसनल प्लेयर अफ द इयर २०१६ को उपाधि जितेका मेहरेजले यस सिजन लिसेस्टरका लागि ४८ खेल खेले । क्लवले कमजोर प्रदर्शन गर्दै लिगमा १२औं स्थान र च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुग्दा मेहरेजको योगदान १० गोल र ७ असिस्ट हो ।

मेहरेजले एक बिज्ञप्तिमाा भनेका छन्, ‘मैले लिसेस्टरबाट ठूलो प्रशंसा र सम्मान पाएँ र मैले पनि पूरै इमान्दारी र पारदर्शी ढंगले योगदान दिएँ । मैले क्लवलाई यो सूचित गरिसकेको छु कि अव मलाई अघि बढ्ने समय आइसकेको छ ।’

‘मैले क्लवका अध्यक्षसँग पछिल्लो बर्ष घनिभूत छलफल गरेको थिएँ र एक सिजन क्लवमै रहन सहमति गरेको थिए, किनभने, म लिसेस्टरमै रहेर च्याम्पियन्स लिगको उपाधि पनि जित्न चाहन्थेँ ।’

‘मैले मेरो करिअरको सबैभन्दा उत्कृष्ट चार सिजन लिसेस्टरका लागि बिताएको छु र हरेक पल स्मरणीय पनि छ । गर्व गर्न लायक के पनि भयो भने मेरै समयमा क्लवले पि्रमियर लिगमा एतिहासिक उपलब्धि हासिल गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको