अफगानिस्तानमा शक्तिशाली बम बिष्फोट

Afghanistan-Blast-450x350१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

 

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिष्फोट जर्मन दूतावासनजिकै गराइएको थियो । त्यस क्षेत्रका सबैजसो भौतिक संरचनामा बिष्फोटले क्षति पुर्‍याएको बताइएको छ । बिष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालीवानले बिष्फोटको जिम्मेबारी लिन अस्वीकार गरेको छ भने इस्लामिक स्टेटका तर्फबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन ।

दुर्घटनामा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै बिदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि बिष्फोटमा परेको बताइएको छ । तर अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।

जर्मन बिदेशमन्त्री सिगमार ग्याबि्रयलले दूतावासका कर्मचारीहरु घाइते भएको र एकजना अफगानी सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् । फ्रान्सेली अधिकारीले पनि आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।

बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत