फिलिपिन्समा भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

attack-in-afghanistan-parliamentमरावी फिलिपिन्स, १५ जेठ । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तका कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेको जनाइएको छ ।

सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

गत मङ्गलबार राष्ट्रपति रोड्गि डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गरेतापनि र्आइएस आतङ्ककारीले द्वन्द्व जारी नै राखेका हुनाले सरकारी सुरक्षाबलले गरेको कारबाहीको क्रममा नै भिडन्त भएको जनाइएको छ ।

प्रायः मुसलमान समुदायको बाहुल्यता रहेको करिब दुई लाख जनसङ्ख्या भएको यस मरावी सहरमा आइएस आतङ्ककारीले सडक अवरुद्ध गरी सरकारी बलसँग गरेको भिडन्तको कारण महिला बालबालिकासहित करिब दुई हजार जनसङ्ख्या त्यहाँ फसेका र उनीहरुले आफ्नो सुरक्षित अवतरणको लागि सहयोगको आह्वान गरेका प्रान्तीय द्वन्द्व व्यवस्थापन कमिटीका प्रवक्ता जिया एलोन्टो एडिओङ्गले जानकारी दिएका छन् ।

हिजो मात्र पनि सो सहरमा आतङ्ककारी र सरकारी बलबीच भएको भिडन्तमा परी १९ सर्वसाधारणको मृत्यु भएको थियो । गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुररक्षा अधिकारी, ६१ जना आतङ्ककारी र १९ जना सर्वसाधारणको मृत्यु भइरहेको छ ।

दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए ।
राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए ।

आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मरावी नगरमा गत मङ्गलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह सिटी हिल, एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए ।

आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्किएका थिए । उहाँले स्वदेश फर्किरहेको विमानबाटै सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गर्ने आदेश दिएका थिए।

राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानुन लागू गरिएको र स्थितिपूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संविधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ