अनौठो चलन : जहाँ नन्द भाउजुबीच बिहे हुन्छ

11111नन्द भाउजुबीचको सम्बन्धलाई विशेष मानिन्छ । तर भारतको गुजराँतमा चाहीँ नन्द र भाउजुबीच बिहे हुन्छ । हो, भारतको गुजराँतस्थित एक गाउँमा यस्तो अनौठो प्रथा छ ।

 

त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ ।

बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् ।

सुन्नमा निकै अनौठो लागेपनि यो प्रचलन निकै वैज्ञानिक रहेछ । गाउँलेहरुका अनुसार बेहुलीको नयाँ जिन्दगी सुरु गर्न तथा नयाँ घरमा भिज्नका लागि उनका नन्दहरुको ठूलो योगदान हुन्छ ।

नन्दले नयाँ घरको बारेमा भाउजुलाई बताउँछन् र सुरुवाती दिनमै नन्द भाउजुबीच मित्रता हुन्छ । यसले अन्ततः बेहुलीलाई कर्मघरमा निकै सजिलो हुन्छ । उनलाई लोग्नेको घरको चालचलन, संस्कार, नातागोता आदिको बारेमा बुझ्ने मौका प्राप्त हुन्छ ।

गाउँमा बिहेको दिन अर्को रोचक परम्परा पनि छ । बिहे अवधिभर बेहुलाकी बहिनीले आफ्नो शिरमा चामल भरिएको अम्खोरा राख्छिन् । यसरी चामल भरिएको अम्खोरा शिरमा राख्दा आफ्नो दाजूमाथि कुनै दुष्ट नजर नपर्ने मान्यता छ । यो गाउँमा उल्टो दाइजो प्रथा छ । दुलहीका घरवालाले होइन दुलाहापट्टकिाले दाइजो दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई