May 29, 2017

यो बच्चालाई लाग्यो चाउचाउ र कोकाकोलाको लत, १० वर्षमै २ सय किलो तौल

10-years-old-boyफास्टफूडले बच्चा तथा वयस्क सबैको स्वास्थ्यमा असर पारिरहेको छ । डाक्टरहरु पनि बच्चाहरुलाई फास्टफूडबाट टाढै राख्न सल्लाह दिन्छन् ।

तर फास्टफूडको स्वादका कारण बच्चाहरु फास्टफूडहरु प्रति लत नै बसाल्छन् । इण्डोनेसियामा दश वर्षको एक बालकको पनि चाउचाउ र कोकाकोलामा लत बसेको छ । सोही लतका कारण खाँदा खाँदा उनको जिउको वजन २ सय किलो पुगेको छ ।

अत्यधिक मोटोपनाका कारण ती बालक न त स्कुल जान सक्दछन् न त राम्रोसँग हिँडडुल नै गर्न सक्छन् । आर्य मोसन्त्री नामका ती बालक चाउचाउ, भात, मासु, माछा, कोकाकोला लगायतका खानेकुरा निरन्तर खाइरहन्छन् ।

यति धेरै खाँदा पनि उनलार्य भोक लागिरहन्छ । डाक्टरले उनको स्वास्थ्य जाँच गरी मांसाहारी भोजन नगर्न सल्लाह दिए, तर त्यसो गर्दा पनि उनको वजन घटेन । अन्ततः डाक्टरहरुले उनको शल्यक्रिया गर्नुपरेको छ ।

आर्यकी आमा रकैयाका अनुसार उनले ३ जना मानिसले बराबर खानेकुरा खान्छन् । उनको गत अप्रिल १७ मा पहिलेपटक सर्जरी गरी ९ किलो वजन घटाइयो । अहिले उनको तौल थप १६ किलो घटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि