भारतमा आइपुग्यो जीका भाइरस

f0127511-zika-virus-in-blood-illustration-spl-1200x800

एजेन्सी १४ जेठ । भारतमा पहिलो पटक जीका भाइरसको संक्रमणको मामिला पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार गुजरातको अहमदावादमा जीका संक्रमणको तीन मामिला पत्ता लागेको छ ।

भारतमा एडिज मच्छेडको कारणले बढ्दो जीका भाइरस संक्रमणमाथि विश्व स्वाथ्य संगठनले चिन्ता जनाउदै भविष्यमा अरु बढि मामिलाहरु सामुन्ने आउन सक्ने सम्भावना रहेको बताएको छ । यसैबीच विश्व स्वाथ्य संगठनले जीकाबाट बच्न केही उपाय पनि सार्वजनिक गरेको छ ।

विश्व स्वाथ्य संगठनले जीकाबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको रोकथाम गर्नुपर्ने बताएको छ । उसले पूरा शरीरलाई कपडाले ढाक्न र हल्का रंगको कपडा लगाउन सल्लाह दिएको छ । लामखुट्टेको प्रजननलाई रोक्न आफ्नो घर आसपास गमला, बाल्टी, कुलर आदिमा पानी भरी रहन दिनु नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यदि कसैलाई ज्वरो आएमा, घाँटी खसखसाएमा, आँखा रातो भएमा धेरै मात्रामा तरल पदार्थ पिउन र भरपूर आराम गर्न सल्लाह दिएको छ । हालसम्म जीका भाइरसको कुनैपनि खोप पाइएको छैन तर स्थितिमा सुधार नआएमा चाढै चिकित्सकलाई देखाउन सल्लाह दिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ