भारतमा आइपुग्यो जीका भाइरस

f0127511-zika-virus-in-blood-illustration-spl-1200x800

एजेन्सी १४ जेठ । भारतमा पहिलो पटक जीका भाइरसको संक्रमणको मामिला पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार गुजरातको अहमदावादमा जीका संक्रमणको तीन मामिला पत्ता लागेको छ ।

भारतमा एडिज मच्छेडको कारणले बढ्दो जीका भाइरस संक्रमणमाथि विश्व स्वाथ्य संगठनले चिन्ता जनाउदै भविष्यमा अरु बढि मामिलाहरु सामुन्ने आउन सक्ने सम्भावना रहेको बताएको छ । यसैबीच विश्व स्वाथ्य संगठनले जीकाबाट बच्न केही उपाय पनि सार्वजनिक गरेको छ ।

विश्व स्वाथ्य संगठनले जीकाबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको रोकथाम गर्नुपर्ने बताएको छ । उसले पूरा शरीरलाई कपडाले ढाक्न र हल्का रंगको कपडा लगाउन सल्लाह दिएको छ । लामखुट्टेको प्रजननलाई रोक्न आफ्नो घर आसपास गमला, बाल्टी, कुलर आदिमा पानी भरी रहन दिनु नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यदि कसैलाई ज्वरो आएमा, घाँटी खसखसाएमा, आँखा रातो भएमा धेरै मात्रामा तरल पदार्थ पिउन र भरपूर आराम गर्न सल्लाह दिएको छ । हालसम्म जीका भाइरसको कुनैपनि खोप पाइएको छैन तर स्थितिमा सुधार नआएमा चाढै चिकित्सकलाई देखाउन सल्लाह दिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक