प्रधानमन्त्री क्रिकेट कप : बर्षाले प्रभावित खेलमा सुदूरपश्चिम र पूर्वाञ्चलले अंक बाँडे

१२ जेठ, काठमाडौं । जारी प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् ।

prime-minister-cup-cricket

 

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक एक अंक पाए ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । उसका लागि बिजय रानाले ५५ रनको अर्धशतकीय पारी खेले । १०८ बलमा उनले २ चौका प्रहार गरे । खराव सुरुवात गरेपनि मध्यक्रममा आएर उनले सुदूरपश्चिमको पारी उकासे । उसका लागि सन्तोष भट्टले २२ रनको योगदान दिए ।

दोहोरो अंकको रन बनाउन नसकेका सुदूरपश्चिमका ७ ब्याट्सम्यानमध्ये दुई जना खाता खोल्नै नपाई पेविलियन फर्केका थिए । सुदूरपश्चिमले २३ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ पूर्वाञ्चलका पुष्प थापा र सागर ढकालले ३/३ तथा मनिष थापाले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा