१२ जेठ, काठमाडौं । जारी प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक एक अंक पाए ।
यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । उसका लागि बिजय रानाले ५५ रनको अर्धशतकीय पारी खेले । १०८ बलमा उनले २ चौका प्रहार गरे । खराव सुरुवात गरेपनि मध्यक्रममा आएर उनले सुदूरपश्चिमको पारी उकासे । उसका लागि सन्तोष भट्टले २२ रनको योगदान दिए ।
दोहोरो अंकको रन बनाउन नसकेका सुदूरपश्चिमका ७ ब्याट्सम्यानमध्ये दुई जना खाता खोल्नै नपाई पेविलियन फर्केका थिए । सुदूरपश्चिमले २३ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ पूर्वाञ्चलका पुष्प थापा र सागर ढकालले ३/३ तथा मनिष थापाले २ विकेट लिए ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने