
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी अत्याधिक मत ल्याई विजयी बनेका छन् । दुई वटा वडा ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भएपछि उनले जित्ने निश्चित भएको हो ।
उनले वडा नम्बर ३१ सम्मको मत गनिसक्दा ५५,५७५ मत ल्याएका छन् भने नेपाली काग्रेसका रामजी कुँबरले ४२,४४५ मत ल्याएका छन् ।
जिसीले १३ हजार १ सय ३० मतले अग्रता बनाएपछि जित्ने निश्चित भएको हो । वडा नम्बरको ३२ र ३३ को जम्मा ९ हजार ८ सय ६३ मत खसेका कारण पनि रामजी कुँवरको जित्ने सम्भावना नरहेको हो ।
त्यसैगरी उपमेयरमा पनि एमालेकी मन्जुदेवी गुरुङको जित निश्चित भएको छ । उनले अहिलेसम्म ५१,१८८ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसकी सरस्वती गुरुङले ४०,४८० मत प्राप्त गरेकी छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।