सडकका खाल्डाखुल्डीबाट को पीडित नहोला ? हाम्रोजस्तो देशमा त सरकारको पूरै कार्यकाल नै एउटा सडकको खल्डाखुल्डी सम्याउँदैमा बित्दछ, तरपनि खाल्डा उस्तै रहन्छन् । विश्वमा सडक दुर्घटनामा हुने मृत्युमध्ये एक तिहाइ ती सडककै खाल्डाखुल्डीका कारण भएका हुन्छन् ।
तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ सडकका खाल्डा सरकारले पुरिरहनु पर्दैन, सडक आफैले आफ्ना खाल्डा पुर्दछ ।
नेदरल्याण्डमा बनाइएको छ यस्तो अद्भुत सडक । नेदरल्याण्डका वैज्ञानिकहरुले यस्तो पदार्थ पत्ता लगाएका छन् जसलाई सडक निर्माणमा प्रयोग गर्न सकिन्छ र त्यसले आफुलाई आफै मर्मत गर्दछ ।
आफै मर्मत हुने एस्फाल्ट नामक पदार्थको नेदरल्याण्डका विभिन्न १२ वटा सडकमा परीक्षण भैरहेको छ । त्यसमध्ये एएटा सडक २०१० देखि नै संचालनमा छ, र अहिलेसम्म उक्त सडकमा कहीँपनि खाल्डाखुल्डी परेको छैन । सामान्य कंक्रिट तथा एस्फाल्टबाट बन्ने सडक ७ देखि १० वर्षमा मर्मत गर्नैपर्दछ । तर आफै मर्मत हुने एस्फाल्टबाट बन्ने सडक भने केही महंगो पर्ने भएपनि २०/२५ वर्षसम्म जस्ताको तस्तै रहन्छ ।
आफै खाल्डाखुल्डी पुर्ने यस्तो सडक संचालनमा आउँदा नेदरल्याण्डमा सडक क्षेत्रमा हुने खर्चमा ९ करोड युरो जोगिने प्रक्षेपण गरिएको छ ।
एस्फाल्ट मात्र होइन वैज्ञानिकको टोलीले कंक्रिटलाई समेत आफै मर्मत हुने खालको बनाउन कंक्रिटमा ब्याक्टेरिया हाल्ने उपायको अनुसन्धान गरिरहेका छन् । ती ब्याक्टेरियाले क्याल्सियम कार्बोनेट उत्पादन गर्नेछन् र सडकमा परेका खाल्डा तथा चिराहरु भर्नेछन् । यी ब्याक्टेरिया प्रकृतिमा २ सय वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकको भनाई छ । त्यसैले यस्ता सडक कंक्रिटको आयुभर टिक्नेछन् भने मानिसलाई असर पनि पर्नेछैन ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा