पोखराको स्थगित मतगणना सुरु हुन सकेन

vote-countingपोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि हालसम्म कुनै सहमति जुट्न नसकेको नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

मतपत्रमा प्रयोग भएको स्वस्तिक छाप सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई विश्वस्त पार्नु आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।