
३१ वैशाख, एजेन्सी। उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ। देशको उत्तरपश्चिम स्थित कुसोङ नजिक रहेको परीक्षण केन्द्रबाट आइतबार नयाँ मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्।
दक्षिण कोरियाली अधिकारीहरुको अनुसार मिसाइलले ७०० किलोमिटर यात्रा गरेको छ। मिसाइल जापानी सागर तर्फ ७०० किलोमिटर टाढासम्म उडेको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन्। तर यो मिसाइलको प्रकारबारे भने एकिन भइनसकेको बताइन्छ।
दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जे इन निर्वाचित भएपछि उत्तर कोरियाको यो पहिलो परीक्षण हो। मुन उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न उसंग छलफल गर्ने पक्षमा छन्।
उत्तर कोरियाको नयाँ परीक्षणको जापानी प्रधानमन्त्री सिन्जो आबेले निन्दा गरेका छन्।
‘अन्तराष्ट्रिय दबाबको बावजुद उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। यो स्वीकार्य छैन। हामी यसको कडा विरोध गर्छौ’, उनले परीक्षण पश्चात एक पत्रकार सम्मेलनमा भने।
दक्षिण कोरिया र अमेरिकाले असफल भनेको परीक्षणको दुई हप्ता पश्चात उत्तर कोरियाले फेरि नयाँ परीक्षण गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि उत्तर कोरियाले ९ वटा मिसाइल प्रक्षेपण गरिसकेको छ।
पछिल्ला महिनाहरुमा उत्तर कोरिया र अमेरिकाबीचको तनाव उच्च विन्दुमा भएपनि हिजो मात्र दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उत्तर कोरिया सहि परिस्थितिमा अमेरिकासंग वार्तागर्न तयार हुनसक्ने खबर छापेको थियो।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत