April 30, 2017

काठमाडौं धुलोरहित बन्न चार महिना लाग्ने : राति–राति सडक पखाल्न दमकल

बैशाख १७, धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।

१० वटा ब्रुमर खरिद गरिने
सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ । दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ।’

मेलम्ची आयोजनाले काममा अवरोध
महानगरपालिकाको सडक पखाल्ने अभियानलाई मेलम्ची खानेपानी आयोजनाको सडक खन्ने कामले अवरोध गरेको कार्यकारी अधिकृत पौडेलको भनाइ छ । ‘सडक पखाल्ने काम कालोपत्रे सडकमा मात्र सम्भव छ । तर, काठमाडौंका सडक खनिएका छन् । कालोपत्रे गरिएका छैनन्,’ उनले भने, ‘त्यहाँका सडक पखाल्दा झन् हिलो हुने डर हुन्छ । यसले सडक सफाभन्दा पनि फोहोर हुन जान्छ । महानगरपालिकाको धुलोरहित अभियानमा मेलम्ची खानेपानीले अवरोध गरेको छ ।’

राति–राति सडक पखाल्न ६ वटा दमकल परिचालन

-महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।

-महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धुलोरहित काठमाडौं बनाउन यो अभियान सुरु गरिएको बताए । ‘काठमाडौंका बासिन्दा प्रदूषणबाट ग्रसित छन् । त्यसमध्ये सबैभन्दा धेरै धुलो छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष योजना अघि सारेको हो,’ उनले भने, ‘सडक पखाल्ने अभियान त्यसैको निरन्तरता हो । कालोपत्रे सडक अबको केही दिनभित्रै धुलोरहित बन्नेछ । पूरै सहर धुलोमुक्त हुन अझै चार महिना लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन