विमानस्थल विस्तारमा नौ कम्पनीको रुचि

Aerport-1

१५ वैशाख ,काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन्। स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो।फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।

 प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गर्न सक्ने गरी तीन तहका कामका लागि वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र गआह्वान गरेको थियो। प्राधिकरणले गरेको आह्वानमा १ नम्बर अन्तर्गतको रन वे विस्तारका लागि १९ वटा कम्पनीले आवेदन फारम लगेता पनि पाँचवटा कम्पनीले मात्रै प्रस्ताव पेस गरेको उनले जानकारी दिए। रन वे विस्तारका लागि चाइना रेल वे, सांघाइ कस्ट्रक्सन, कालिक टुन्डी जेभी, सांघी कस्ट्रक्सन र स्टारपाग इन्टरनेसनले मात्रै टेन्डर दाखिला गरेको हुन्।

 

१ नम्बर समूह अन्र्तगतको कामका लागि प्राधिकरणले ५.८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो। यसैगरी दुई नम्बर अन्र्तगतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिए। यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन्। २ नम्बर अन्र्तगतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो।

यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उनले जानकारी दिए। टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए। ३ नम्बर अन्र्तगतको कामका लागि भने १.८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो। अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ। १ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ।

अबको १५ दिन भित्रै नै फानल हुने श्रेष्ठले जानकारी दिए। प्राधिकरणले टेन्डर फारम लिँदा रकम र्फिता नहुने गरी १ र २ नम्बरका लागि २२ हजार ६ सय रुपैयाँ र तीन नम्बरका लागि ११ हजा तीन सय रुपैयाँ लिएको थियो। विमानस्थल विस्तारका लागि प्रस्ताव पेस गर्ने सांघाई कन्स्ट्रक्सनले भने अहिले कंलकी–कोटेश्वर खण्डको १० किलो मिटर सडक आठ लेन बनाउने काम गरिरहेको छ। साञ्जोसेले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले मंसिर २४ सम्झौता रद्द गरेको थियो।

सम्झौता रद्द गरे पनि प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम एउटै समूहमा एउटै कम्पनीले मात्र गर्ने नसक्ने ठहर गर्दै काममो वर्गीकरण गरेर टेन्डर गरेको थियो। साञ्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो।

सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको हो। साञ्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो।अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वमुख्य सचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण कार्ययोजना आउँदै

मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण