संशोधनमा कुरा मिल्यो, चुनावको मितिमा बहस जारी, जेठ २५ पनि मोर्चालाई अमान्य

काठमाडाैं । सत्तारूढ दल र मधेस केन्द्रित दलका नेताहरूबीच बालुवाटारमा जारी बैठकमा यतिबेला धेरैको नजर टिकेको छ। मधेस केन्द्रित दलहरू चुनावमा सहभागी हुने, त्यसका लागि सरकारले मधेस केन्द्रित दलबाट प्रस्तावित बुँदाहरू समावेस गरेर परिमार्जन सहित संविधान संशोधन प्रस्ताव संसदमा लैजाने विषयमा भएको छलफल करिब टुंगोमा पुगेको छ।

तर चुनावको मिति सार्ने बिषय निकै पेचिलो बनेको छ। बालुवाटार बैठकमा यसैबारे छलफल चलेको छ।

‘बैशाख ३१ हैन जेठ २५ मा पनि चुनावका लागि तयारी पुग्दैन’संशोधनमा_कुरा_मिल्यो_चुनावको_मितिमा_बहस_जारी_जेठ_२५_पनि_मोर्चालाई_अमान्य_7140
संविधान संशोधनको विषयमा दुबै पक्षबीच कुरा करिव मिलिसकेको छ। अब पेचिलो विषय बनेको छ चुनाव मिति।

‘संशोधनको विषयमा करिव कुरा मिल्यो,’ राजपाका नेता मनिष सुमनले डिसी नेपालसँग् भने ‘चुनावको मितिको विषयमा छलफल भैरहेको छ, जेठ २५ को मितिमा पनि सबै तयारी र प्रकृयाहरू पूरा गर्नका लागि प्रयाप्त होला वा नहोला भन्नेमा बहस चलिरहेको छ।’

मोर्चामा रहेका ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह निर्वाचन आयोगले छापेको अहिलेको मत पत्रमा छैन। नयाँ दलको निर्वाचन कार्यालयमा दर्ता प्रकृया नै बाँकी छ। त्यसैले मधेस केन्द्रित दलहरूको एकता पछिको स्थितिले चुनावको सेड्युल प्रभावित पार्ने स्पष्ट छ।

चुनाव चिन्ह र नयाँ दल चुनावमा सहभागी हुने प्रकृया पूरा गर्नका लागि जेठ २५ गतेसम्मको मिति पनि अप्रयाप्त हुने राजपाका नेताहरूको भनाइ छ।

‘संशोधनको विषयमा करिव कुरा मिल्यो,’ राजपाका नेता मनिष सुमनले डिसी नेपालसँग् भने ‘चुनावको मितिको विषयमा छलफल भैरहेको छ, जेठ २५ को मितिमा पनि सबै तयारी र प्रकृयाहरू पूरा गर्नका लागि प्रयाप्त होला वा नहोला भन्नेमा बहस चलिरहेको छ।’

बैठकको बीचमा बाहिरिएका यातायात मन्त्री रमेश लेखकले चुनाव सार्ने विषयमा छलफल केन्द्रित रहेको संचारकर्मीमाझ बताए। ‘मोर्चा चुनावमा आउने भएपछि चुनावका प्रकृयाहरू पूरा गर्नका लागि मिति सार्नु पर्ने स्थितिमा कसरी सहमति गर्ने भन्नेबारे छलफल जारी छ।’ मन्त्री लेखकले भने।

मोर्चा सम्बद्ध दलहरूको एकताबाट बनेको नयाँ दल राष्ट्रिय जनता पार्टीलाई चुनावी प्रकृयामा ल्याउँदा त्यसले पार्ने बहुआयामिक असरबारे बालुवाटार बैठकमा छलफल जारी छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।