विराटलाई दाह्री काट्न दिन्नन् अनुष्काले

आइपिएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन यसपाली औसत छ। उनको टोली रोयल च्यालेञ्जर्स बेङ्लोरले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। त्यही पनि विराटको चर्चा बलिउड नायिका अनुष्का शर्माको प्रेम प्रसंगका कारण निकै चुलिएको छ।

विराटले अहिले जुन स्टाइलको दाह्री पालेका छन्, यसमा अनुष्काको भूमिका ठूलो रहेको बताइन्छ।timthumb

विराटले आफ्नो नयाँ लुक सोशल मिडियामा पोस्ट गर्दै अन्य खेलाडी हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र रोहित शर्मालाई ट्याग गर्दै लेखेका छन्, ‘माफ गर केटाहरु, अहिले म आफ्नो दाह्री काट्न सक्दिनँ।’
यस्तैमा अनुष्काले विराटको फोटोमा कमेन्ट गरेकी छिन्, ‘तिमी गर्न सक्दैनौँ।’ र, अन्त्यमा उनले नाईको संकेत भएको इमोजी पोस्ट गरेकी थिइन्।

अनुष्काको यो कमेन्टमा विराटले पनि लेखेका छन्, ‘ठिकै छ, अब विराट कोहलीको असली हेयर स्टाइलिस्ट अनुष्का शर्मा नै हुन्। र, अनुष्कालाई नसोधी आफ्नो दाह्री पनि बनाउन सक्दैनन्।’
उनीहरुको यो संवादमा ७ लाखभन्दा बढी व्यक्तिले कमेन्ट गरेका छन्। विराटले अनुष्कासँगको सम्बन्धलाई उजागर गरे पनि बलिउड नायिकाले भने सार्वजनिक रुपमा स्वीकार गरेकी छैनन्। त्यसैले उनीहरुको पछिल्लो संवादले सबैलाई कौतुहल बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा