April 25, 2017

२ – ४ दिनमा काठमाडौं सडकको धुलो पखालिने

१२ वैशाख, काठमाडौं । कमलादीतर्फबाट दमकल र ट्यांकरहरुको हुल पुतलीसडकतर्फ अघि बढे । धेरैलाई लाग्यो कतै आगलागी भएको हुनुपर्छ त्यसैले दमकलहरु त्यतै जाँदैछन् । तर, ती दमकलहरुले साइरन बजाएका थिएनन् न त हतारमा देखिन्थे ।

 

कमलादी चोकबाट पुतलीसडक तर्फको सडकमा आएपछि दमकलहरु रोकिए । स्थानीयलाई लाग्यो यतैकतै आगो लागेको हुनुपर्छ । तर यो अनुमान त्यतिबेला गलत साबित भयो जतिबेला सधैं आगो निभाउने ति दमकलका पानीका फोहोरा पुतलीसडकको पीच सडकमा पो हान्न थालियो ।

 

बुझ्दै जाँदा यो पत्ता लाग्यो कि काठमाडौं महानगरपालिकाले आज रातिबाट काठमाडौंमा सडक पखाल्न सुरु गरेको रहेछ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामको सुरुवात गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत इश्वरराज पौडेलले बताए । रातीमा सवारीको चाप कम हुने भएकाले रातको समयमा बाटो सफा गर्न लागिएको पौडेलले बताए ।

 

आज राति काठमाडौंको कमलादीबाट पुतलीसडकको सडकमा पानीले बाटो पखाल्ने कामको औपचारिक सुरुवात गरिएको उनले बताए । उनका अनुुसार अब यसैगरी काठमाडौंका अन्य सडकहरु पनि पखालिने छ ।

‘यो अल्पकालीन रुपमा सुरु गरिएको होइन, अब नियमित रुपमा सडकहरु पानी लगाएर पखालिन्छ,’ कार्यकारी पौडेलले भने, ‘चिल्ला पीच भएका सडकमा पनि धुलो उडेको उड्यै भयो । अब यो धुलै–धुलै अवस्था हटाउन हामीले काम थाल्यौं ।’

महानगरपालिकाले मेलम्चीको खनेर पीच नगरेका सडकमा पखाल्न सम्भव नहुने बताएको छ । तर, मेलम्चीको पीच गरिसकेर पनि धुलो उडेको सडकमा अब धुलो नरहने गरी पानीले पखाल्ने उनले बताए ।

 

‘अबको ३ दिनसम्म कसरी काम गर्न सकिन्छ भनेर म राति नै सडकमा हुन्छु । दैनिक कति सडक सफा गर्न सकिन्छ पनि यसैबाट पत्ता लाग्छ । सडक पखाल्न पर्ने समस्या पनि यसबाटै थाहा हुन्छ,’ कार्यकारी पौडेलले भने, ‘पीच सडकमा पनि धुलो उडेर आँखै खोल्न नसकिने स्थिति अब अन्त्य गर्न महानगरले काम गर्छ ।’

सडक सफा गर्न रातिको समयमा महानगरले दुई वटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गर्नेछ । बालाजुबाट पानी ल्याएर सडक सफा गरिनेछ ।

 

दैनिक ४ देखि ६ किलोमिटर सडक सफा गर्न सकिने अनुमान महानगरपालिकाको छ । राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिनेछन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइनेछ ।

दैनिक ३ घण्टा सडक पानी लगाएर सफा गर्ने कामको संस्कार बसाल्न यसो गर्न लागिएको कार्यकारी पौडेलले बताए । उनले धुलो बटुल्ने ब्रुमर किन्ने प्रक्रिया पनि अब अघि बढेकाले केही समयपछि सडक सफाइमा दैनिक ब्रुमर पनि चल्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी