मेयरमा प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्र चितवनले महानगर कमिटी संयोजक इश्वर सापकोटा ‘सुमन’लाई उपमयेरको उम्मेदवार बनाएको छ । संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी रेणु प्रधानमन्त्री प्रचण्डकी जेठी छोरी हुन् । मतदाता नामावलीमा उनको नाम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा छ ।renu_dahal-300x200
मेयरको उम्मेदवारमा प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहाकार नारायण दाहाल, अर्का नेता सूर्य सुवेदी र यमबहादुर परियारको नाम चर्चामा रहेपनि सबैलाई पछि पार्दै रेणु दाहाललाई उम्मेदवार बनाइएको हो । प्रचण्ड पुत्री रेणु दाहाल नै मेयरको उम्मेदवार बन्न आउने भएपछि जिल्लाका अन्य नेताहरू पछाडि हच्चिएका थिए । उनको उम्मेदवारीका बिषयमा जिल्लाका नेता खुलेर कसैले पनि बिरोध गर्न नसकेको बताइन्छ ।

भरतपुर महानगरपालिका भित्र नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर छ । पश्चिम चितवनको शिवनगरमा बाल्यकाल बिताएका प्रचण्डको घर महानगरपालिकाको वडा नम्बर ४ कृष्णपुरमा छ । प्रचण्डले राजनीतिक जीवन चितवनबाट शुरू गरेको भएपनि उनले दुवै संविधानसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी भने दिएनन् ।

उपमेयरका उम्मेदवार इश्वर सापकोटा ‘सुमन’
गृहजिल्ला चितवन भएर पनि यहाँको विकासमा खासै योगदान नगरेको आरोप उनी माथि लाग्दै आएको थियो । सोही कारण यसपटक माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा करोडौं बजेटको प्याकेज जिल्लाका लागि घोषणा गरेका थिए । यसलाई कतिपयले आगामी संसदीय निर्वाचनमा प्रचण्डले चितवनबाट उम्मेदवारी दिने तयारीका रूपमा लिन थालेका छन् । त्यसको पूर्व तयारी स्वरूप बजेट प्याकेज र छोरी रेणुको उम्मेदवारीलाई लिइएको छ ।

चितवनसँग परिवार र पार्टीको सम्वन्धलाई जीवित राख्नका लागि प्रचण्डकै ‘इन्ट्रेष्ट’मा रेणुलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको चर्चा माओवादी वृत्तमा चलेको छ । माओवादी केन्द्र चितवनले मेयर र उपमयेरदेखि अधिकांश वडाका वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ ।

एमालेसँग जिल्लामा तालमेलको सम्भावना कम रहेको माओवादी स्रोत बताउँछ । तैपनि माओवादी नकारात्मक भने नभएको माओवादी जिल्ला नेता यमबहादुर परियारले बताए ।

चितवनमा माओवादीको अंकगणित

संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन एकीकृत नेकपा माओवादी हालको माओवादी केन्द्रले चितवनका ५ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा भारी मतले जितेको थियो भने एमालेले एउटा मात्रै निर्वाचन क्षेत्रमा जितेको थियो ।

हाल महानगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर ३, क्षेत्र नम्बर ४ र क्षेत्र नम्वर ५ गरी ३ वटै निर्वाचन क्षेत्रमा जितेको माओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाबाट नै ‘निल’ भयो । क्षेत्र नम्बर ३ र ४ मा तेस्रो भएको माओवादी क्षेत्र नम्बर ५ मा चौथो नम्वरमा झर्‍यो ।

पार्टी फुटको असर पनि चितवनमा माओवादी भित्र राम्रै परेको थियो । माओवादीका नेता रामबहादुर थापा बादल, अनिल शर्मा, सूर्य सुवेदी, गुणराज लोहनी सहितका नेता तत्कालिन वैध माओवादीमा थिए । तर अहिले पार्टी एकता भैसकेको सन्दर्भमा माओवादी केन्द्रको अवस्थामा केही सुधार आउने देखिन्छ तर जितका लागि नै भने त्यो प्रयाप्त देखिँदैन ।

महानगरपालिका भित्र पर्ने क्षेत्रहरु मध्ये पटिहानी, शिवनगर, भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२ बाट माओवादीलाई केही राम्रो मत आएपनि अन्य क्षेत्रमा भने औसत मत आउने देखिन्छ । धरासायी बनेको पार्टी संगठनलाई पछिल्लो समयमा भने माओवादीले केही व्यवस्थित बनाउँदै लगेका कारण माओवादी नेताहरु केही सन्तुष्ट भने देखिन्छन् ।

भरतपुर महानगरपालिकामा एक मेयर, एक उपमेयर, २९ वडा अध्यक्ष र ११६ वडा सदस्य गरी १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । नगरसभाले दलित, अल्पसंख्यक गरी ३ जना मनोनित गर्नेछ । यसो हुँदा भरतपुर महानगरपालिकामा १५० जनाको नगरसभा हुनेछ । निर्वाचनका लागि ६५ स्थानमा १७९ बटा केन्द्र तोकिएका छन् । मतदाता १ लाख ५० हजार ६ सय ४१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने