पारसको टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

९ बैशाख, धनगढी । बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो ।

खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन । उसको सबैभन्दा ठूलो साझेदारी भनेमो दोस्रो विकेटका लागि २३ रन नै रहृयो ।

उसका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन बनाए भने अमित श्रेष्ठले २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर मात्र २ रनमा आउट भएका थिए ।

टिम चौराहाका सुशन भारीले ३ विकेट लिए भने आरिफ शेख र शौरभ खनालले २-२ विकेट लिए । रामनरेश गिरी र अलित राजबंशीको नाममा एक-एक विकेट रहृयो ।

यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसको सुरुवात खराब थियो । राजु रिजाल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो । थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए । पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे तर, पृथु पनि १४ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेख चम्किए । उनले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरे । पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अमर ३१ रनमा अजिजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित