९ वैशाख , काठमाण्डाै । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्। संसदमा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। संसदमा प्रतिनिधित्व नगरेका बाँकी ९ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिन्ह दिएको छ। आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ भएको चिन्हसहितको मतपत्र छापेको छ।

आयोगले जिल्लामा दर्ता भएका नेपाल दलित पार्टी, ताम्सालिङ राष्ट्रिय जनएकता पार्टी, नयाँशक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनता पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले समाजवादी, चुरेभावर लोकतान्त्रिक लगायतले दलीय चुनाव चिह्न पाउन सकेनन्।
स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लाका लागि मतपत्रको क्रम संख्या २१ देखि ३६सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ। आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक रहेका छन्। पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चुनाव चिह्न मतदातालाई हँसाउने खालका छन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहयोग
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी