आजको पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

annapurna-5-768x1192

७ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सकेसम्म सहमतिमा ल्याउने नआएमा वैशाख ३१ गते नै स्थानीय तह निर्वाचन गर्ने विषयमा प्रमुख दलहरुबीच सहमति जुटेको छ । आज प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाहरुले यही विषयलाई आफ्नो मुख्य खबर बनाएका छन् । देशभर १८ हजार मतदान केन्द्र तोकिएको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

आजको गोरखापत्र दैनिकले ‘मोर्चा सहमत भए दुई चरणमा निर्वाचन’ शीर्षक दिएरkantipur-11-768x1251 मुख्य खबर लेखेको छ । १८ हजार मतदान केन्द्र स्थापना भएकादेखि राष्ट्रपतिको भारत भ्रमण फलदायी बनेकोसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।
नयाँ पत्रिका दैनिकले पाँच दलबीच बुधबार बालुवाटारमा भएको छलफलको निष्कर्षलाई आफ्नो मुख्य खबर बनाउँदै लेखेको छ – मधेसी मोर्चा सहमतिमा नआए पनि ३१ वैशाखमै स्थानीय तह निर्वाचन गर्न प्रमुख पाँच दल सहमत भएका छन् । कोसी यातायातमा साढे ५६ करोडको अनियमितता भएको खबर पनि नयाँ पत्रिकाले लेखेको छ ।

 

‘प्रधानमन्त्रीको प्रस्तावः दुई चरणमै निर्वाचन गर्ने कि ?’ शीर्षक दिएर पाँच दल बैठकबारेको खबर पस्केको कान्तिपुरले स्थानीय तह निर्वाचनको मतपत्रबारे जानकारीमूलक सामग्री छापेको छ ।

राजधानी दैनिकले संसद्का ऐतिहासिक दस्तावेज बेवास्ताको सिकार बन्दा लोप हुने अवस्थामा पुगेको सामग्री छापेको छ ।

लाउडामा राय बाझिएकोदेखि मोर्चा नआए पनि वैशाख ३१ मै निर्वाचन हुनेसम्मका खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित