चुनाव रोक्न प्रधानमन्त्रीलाई दबाब !

prachandaकाठमाडौं, ६ वैशाख । वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब परेको छ ।

निर्वाचन रोक्न आफू माथि दबाब रहेको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धन बाहेक पनि आफू कुनै पनि हालतमा निर्वाचन गरिछाडने पक्षमा रहेको दृढता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रको तीन नम्बर प्रदेशमा रहेका पोलिटव्यूरो सदस्यको मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव रोक्न दबाब दिने शक्तिका बारेमा भने केही बताएनन् । ‘पहिला निर्वाचनको मिति घोषणा नगर्न ममाथि दबाब थियो, अहिले चुनाव नगर भन्ने दबाब छ। तर चुनाव जसरी पनि गर्नुपर्छ,’ बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने ‘चुनाव वैशाख ३१ गते एकै चरणमा हुन्छ । यसमा तपाईहरुमा कुनै कन्फयुजन नहोस् । संविधान घोषणा गर्दा जस्तो चुनौती थियो,यो चुनाव गराउन पनि त्यत्तिकै चुनौतीपूर्ण छ ।’

मधेशी मोर्चा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र राप्रपा आन्दोलनमा उत्रिनु निर्वाचन भाँडने षड्यन्त्र अन्तर्गतको कडिका रुपमा विश्लेषण प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

बैठकमा केही समयअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख लागेपछि दलीय हैसियतमा निर्वाचन चिन्ह नपाउने नयाँ शक्तिसहितका दलहरु, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले नेतृत्व गरेको राप्रपा र मधेशी मोर्चा सडक आन्दोलनमा आउने र सोही आन्दोलनले आफना मागको फैसला गर्ने घोषणा गर्नुले निर्वाचन भाँडने योजनाबद्ध षडयन्त्र रहेको प्रधानमन्त्री प्रचण्डको विश्लेषण थियो ।

‘यो योजनाबद्ध मुभ हो । चुनाव रोक्न खोजिएको हो । उनीहरु त्यहि दिशामा जाने देखियो’ प्रधानमन्त्री प्रचण्डले भने ‘मधेशी मोर्चासँगको सहमतिमा नै पहिलो संविधान संशोधन बिधेयक फिर्ता लिएर दोस्रो संशोधन विधेयक दर्ता गराइएको थियो। संशोधन विधेयकका दुई वटा मस्यौदा बनेका थिए । उहाँहरु (मधेशी मोर्चाका नेताहरु) ले हेर्दै नहेरी बिरोध गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना