आइजी अर्यालले मागे सिलवालसंग स्पष्टिकरण : के सिलवालको मिटरव्याज काण्ड उल्ट्याउलान अर्यालले ?

 

newssewa(27)

 

 

केशबराज जोशी, काठमाडौं । प्रहरी महानिरिक्षक (आइजीपी) प्रकाश अर्यालले डिआइजी नवराज सिलवालसंग स्पष्टिकरणको माग गरेका छन् । स्रोतका अनुसार प्रहरी संगठनको आचरण र अनुशासन विपरित मनलाग्दी गरिरहेका सिलवाललाई आइजीपी अर्यालले लिखित स्पष्टिकरण माग गरेका हुन् । जयबहादुर चन्दलाई आइजी बनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरेपछि अर्याललाई सरकारले आइजी बनाउने निर्णय गरेको थियो ।
सिलवालले सरकारले आफुलाई आइजी बनाउनुपर्ने माग राखेपनि कार्यसम्पादन मुल्याङ्कनमा सिलवालभन्दा अर्याल अगाडी देखिएपछि अर्याललाई प्रहरी महानिरीक्षक बनाइएको थियो । 

अर्याल आइजिपी नियुक्त भएपछि प्रहरी प्रधान कार्यालयमा भएको आइजीको पहिलो ब्रिफिङमा समेत डिआइजी सिलवाल अनुपस्थित भएका थिए । प्रहरी प्रधान कार्यालयमा आइजीपीको पहिलो विफ्रिङमा सरकारले आइजी नियुक्त गरेका जयहादुर चन्द उपस्थित भएका थिए भने सिलवाल त्यसैदिन अदालतमा प्रकाश अर्यालविरुद्ध रिट दायर गर्न पुगेका थिए । 

आइजीकै पहिलो कार्यक्रममा डिआइजी सिलवाल अनुपस्थित भएपछि ‘चेन अफ कमाण्ड’ नमानेको भन्दै सिलवालको आलोचना भएको थियो । आफुविरुद्ध अन्याय भएको भन्दै सामाजिक सञ्जालमा विचार व्यतm गर्दै हिडेका सिलवालका गतिविधीले संगठनको अनुशासनमा गम्भीर आँच पुगेको भन्दै आइजी अर्यालले हेडक्वार्टर किन नआएको तथा अन्य विषय समेटेर लिखित रुपमै स्पष्टिकरण मागेको स्रोतको दाबी छ । यद्यपी सिलवालले त्यसको जवाफ फर्काएका छैनन् । आइजी अर्यालले प्रहरी संगठनमा आँच र प्रतिष्ठामा आघात पुर्याउने जो कोहिलाई पनि आफुले नछोड्ने बताउँदै आएका छन् । यद्यपी सिवलालले स्पष्टिकरण नदिए अर्यालले उनीविरुद्ध कस्तो कदम चाल्छन त्यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

सिलवालको मिटरव्याज काण्डको छानबिन गर्लान त आइजीपीले ?
पद र पावरको दुरुपयोग गर्ने जो कोहिलाई नछोड्ने प्रतिवद्धता गरेका आइजी प्रकाश अर्यालले डिआइजी नवराज सिलवालमाथी लागेको मिटरव्याज काण्डको छानविन गर्ने हिम्मत गर्लान कि नगर्लान ? आम चासोको विषय बनेको छ । घटना हो मिडियामा सेलिब्रेटी झै छाउन रुचाउने डिआइजी नवराज सिलवालले आफ्नो पदको दुरुपयोग गर्दै निर्दोष व्याक्तिलाई फसाएर जेलमा हालेका गुनबहादुर थापाको । 
पद र पावरको दुरुपयोग गरेर उनले गरेका हर्कतप्रति गृहमन्त्रालय र प्रहरी हेडक्वार्टर समेत जानकार छ ।

तर उनीमाथी कार्वाही हुदैन ।  यसअघि प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरो सिआईवी मा कार्यरत डीआईजी नवराज सिलवालसहित झण्डै आधा दर्जन प्रहरी अधिकारीमाथि पदीय अधिकारको दुरुपयोग गरेको भन्दै छानविन गर्ने तयारी समेत गरेको थियो । बैंकिङ कसुरको मुद्दामा हाल भीमफेदी कारागारमा सजाय काटिरहेका चितवन भण्डाराका गुनबहादुर थापा शम्भुलाई विनाकसुर गैरकानुनी रुपमा हिरासतमा लिई मानव ओसारपसारमा मुद्दा चलाएको भन्दै उजुरी परेपछि हेडक्वार्टले छुट्टै छानविन समिति गठन गर्ने तयारी पनि गरेको थियो । तर घटनाको छानविन भएन । आफुलाई स्वच्छ छविको प्रहरी आइजिपी बताउने पुर्व महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यो घटनाको छानविन गर्ने हिम्मत जुटाएनन् । 

त्यसो त नवनियुक्त आइजिपी प्रकाश अर्याललाई पनि डिआइजी सिलवालका सबै हर्कत र पदिय दुरुपयोगका सबै घटनाबारे राम्रै जानकारी छ । उनले अब के गर्छन त्यो हेर्न बाँकि छ । थापाका परिवारले आईजीपीको सचिवालयमा उजुरी समेत हालेका छन् ।  सीआईवी प्रमुख सिलवाल र थापाबीच लामो समयदेखि लेनदेनको कारोबार चल्दै आएको र सिलवालले थापाबाट करोडौं असुलेर पनि उल्टै बैंकिङ कसुर र मानव ओसार मुद्दामा फसाएको भन्दै थापाको परिवारले उजुरी हालेको थियो ।

उजुरीपछि प्रहरी हेडक्वार्टरले थालेको गोप्य अनुसन्धानका क्रममा थापामाथि बैंकिङ कसुरको मुद्दा चलिरहेपनि इटहरीमा उनी विरुद्ध परेको मानव ओसारपसार मुद्दा भने झुटा रहेको खुलेको स्रोतको दावी छ ।  दुई वर्षअघि पनि थापाले सिलवालविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका थिए । प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा सुपरिवेक्षण महाशाखाले गृहमन्त्रालयबाट २०७१ मंसिर ६ गते पत्रका साथमा निवेदन प्राप्त भएको उल्लेख गरी मंसिर १२ मा नै अनुसन्धान सम्पन्न गरी जवाफ पठाएको थियो । त्यसमा डिआईजी सिलवालका विषयमा छानविन हुँदा सिलवालको थापासँग कुनै सम्बन्ध, आर्थिक कारोबार तथा लेनदेन भएको प्रमाणित तथ्यहरु नभएको उत्तर पठाएको देखिन्छ ।

 तर त्यसमाबारे अध्ययन गर्दा पीडित पक्षसंग कुनै कुरा नै गरिएन । यहाँसम्मकी सिलवाल र थापाबीचको अडियो कुराकानी समेत नक्कली भएको दाबी गरियो ।  तर सिलवाललाई बचाउनका लागि छानविन समितिले उजुरीकर्ता अर्थात पीडितसंग  सामान्य बयान समेत नलिइ अडियो नै प्रमाणित नगरिकन कसरी सिलवाललाई सफाइ दिइयो । पीडितले फेरि उजुरी हालेपछि  मन्त्रालयले  पुनः अनुसन्धान थाल्दा यसमा सिलवालसहित केही डीआईजी, उक्त महाशाखाका तत्कालिन प्रमुख र एसपी नै दोषि देखिएको स्रोतको दावी छ ।

सामान्य बयान समेत नलिइ एकतर्फी अनुसन्धान गरेर एउटा प्रहरी अधिकारीविरुद्ध प्रहरीले नै अनुसन्धान गर्दा थापालाई एक पटक पनि बयानका लागि नबोलाइएको र ६ दिनमै कसरी सम्पूर्ण विषयमा अनुसन्धान गरी जवाफ पठाइयो भन्दै उनका परिवारले उजुरी हालेपछि हेडक्वार्टरले गहिरो अनुसन्धान थालेको थियो ।  यतिमात्रै होइन,उजुरीमा चितवनमा लेनदेनको मुद्दा छ भन्दै सिलवाल नै प्रमुख रहेको सीआईवीको टोलीले बैशाख १२ गते गैरकानूनी रुपमा ललितपुरबाट पक्राउ गरी चितवन प्रहरीलाई जिम्मा लगाएर पुनरावेदन अदालत हेटौंडामा पठाउनुको कारण के हो ? प्रश्न समेत गरिएको छ । यो प्रकरणमा पनि सिलवालले चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरलाईसमेत दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको थियो । 

न्युजसेवा अनलाईनबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको